• Breaking News

    5.04.2017

    मानिसमा पोर्न भिडियोको लतबारे नयाँ खुलासा, अनुसन्धानले के भन्छ ?

     शुक्रबार, बैशाख २२, 

    तर अनुसन्धानले सबै पोर्न दर्शकहरु एकै प्रकारका नभएर यस्ता दर्शकलाई तीन समूहमा विभाजित गर्न सकिन्छ भन्ने पत्ता लागेको छ । ती समूहमध्ये एकले यसलाई स्वास्थ्यका दृष्टिकोणले हेर्ने गरेको पाइएको छ ।

    जर्नल अफ सेक्सल मेडिसिनमा प्रकाशित एक अध्ययनमा पोर्न दर्शकहरुलाई मनोरञ्जक, बाध्यकारी र अश्लील दर्शक गरी तीन समूहमा राखिएको छ । मनोरञ्जक दर्शकहरु बारे गरिएको अध्ययनमा सबै सहभागीहरुको ७५ प्रतिशत हिस्सा भएको पत्ता लागेको छ । जसले सातामा २४ मिनेटसम्म पोर्न भिडियोहरु हेर्ने गर्दछन् ।

    यस समूहमा मुख्यगरी महिला र सम्बन्धमा रहेका मानिसहरु हुने गरेका छन् । यो निकट व्यथित समूहद्वारा अनुसन्धान गरिएको थियो, जसले कम समयमात्रै अर्थात सातामा करिब १७ मिनेट पोर्न हेर्ने गरेको पाइयो ।

    अर्को बाध्यकारी समूह छ । यसमा पोर्न भिडियो हेर्नेको ११.८ प्रतिशत हिस्सा छ । यो समूहले प्रतिसाता ११० मिनेट पोर्न भिडियो हेर्ने गर्छन् । शोधकर्ताका अनुसार पुरुषहरु यो समूहमा बढी पर्छन ।

    क्युबेकको लाभल युनिभरसिटीका बिशेषज्ञले गरेको अध्ययनमा जो मनोरञ्जक दर्शक थिए, उनीहरुमा स्वास्थ्य पोर्न दर्शक रहेका छन् । अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरुले ८ सय ३० जनालाई कति पटक पोर्न फिल्म हेर्नुहुन्छ भनेर सोधेका थिए ।

    फेरि उनीहरुलाई त्यो पोर्नको आदत कतिको बाध्यकारी, अश्लील र मनोरञ्जनात्मक तथा उच्च यौन सन्तुष्टि, कम यौन सन्तुष्टि थियो भन्नेबारेमा समेत जानकारी लिइएको थियो । जसमा मनोरञ्जनात्मक पोर्न उपयोगकर्ताले उच्च यौन सन्तुष्टि र बाध्यकारी उपयोगकर्ताले कम यौन सन्तुष्टि र शिथिलता तथा उच्च यौन अनिवार्यता भएको बताएका थिए ।

    यसैगरी बढी थकित मानिसहरुले पनि कम सन्तुष्टिबारे उल्लेख गरेका छन् । यो अध्ययनका आधारमा विज्ञहरुले मनोरञ्जक र बाध्यकारी र अश्लील पोर्न भिडियो दर्शकमा विभाजन गरेका छन् ।

    उनीहरुले मनोरञ्जक दर्शकहरु स्वास्थ्यका तरिकाले यस्तो गर्न सक्षम रहेपनि यसमा केहीका लागि समस्या आउने उल्लेख गरेका छन् । यद्यपि अझै पनि यसलाई नशाको रुपमा वर्गीकरण गरिएको छैन ।

    तर केही अनुसन्धानकर्ताले यसले केही मानिसहरु यसको प्रयोगबिना रहन नसक्ने र अल्कोहल तथा लागु औषधजस्तै प्रयोगकर्ता बन्ने खतरा औल्याएका छन । यसलाई लतका रुपमा उपचार गर्नका लागि पर्याप्त प्रमाणहरुको भने अभाव रहने उनीहरुको तर्क छ । राजधानीबाट

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र