कोपा अमेरिका २०१६ अन्तरगत पहिलो क्वाटरफाइनल खेलमा अमेरिकाले इक्वेडरलाई २–१ गोल अन्तरले हराएको छ ।
जितसँगै अमेरिका सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम भएको छ । अमेरिकाका लागि खेलको २२ औँ मिनेटमा क्लिन्ट डेम्सेले गोल गर्दै अग्रता दिलाए । यस्तै खेलको ६५ औँ मिनेटमा ग्यासी जारडेसले गोल गर्दै अमेरिकालाई २–० को अग्रता दिलाए । ७४ औँ मिनेटमा अरोयोले गोल गर्दै इक्वेडरको अग्रता कम गरेपनि अर्को गोल गर्न नसक्दा खेल गुमायो । समूह चरणका पहिलो खेलमा अमेरिका कोलम्बियासँग २–१ गोल अन्तरले पराजित भएको थियो । यस्तै कोस्टारिकालाई ४–० ले हराएको अमेरिकाले पाराग्वेलाई १–० ले हराएको थियो । समूह चरणको पहिलो खेलमा ब्राजिलसँग गोलरहित बराबरी खेलेको इक्वेडरले पेरुसँग २–२ गोलको बराबरी खलेको थियो ।
No comments:
Post a Comment