एजेन्सी : सहमतिमै एक युवाले १६ वर्षीय युवतीसँग यौनसम्बन्ध राखे । तर, भुटानको कानुनले ती युवालाई नौ वर्ष जेल पठाएको छ । १६ वर्षीया युवतीसँग यौनसम्बन्ध राखेकै कारण २६ वर्षीय यशी दोर्जीले नौ वर्ष जेल सजाय पाएका हुन् । दोर्जी नेशनल ल्याण्ड कमिसनका पूर्व ड्राइभर हुन् ।
केही समय अघि दोर्जीले थिम्पूकी एक स्थानीय युवतीलाई एसएमएस गरी फकाएर सेक्स गरेको बताइएको छ । उनले नेशनल ल्याण्ड कमिसनमै क्यान्टिन चलाउने किशोरीका सौतेनी आमा र बाबु घर नभएको बेला मध्यराती १ बजे किशोरीको कोठामा पुगेर रात बिताएका थिए । रात बिताउने क्रममा सहमतिमै सेक्स भएको दोर्जीको भनाइ छ ।
किशोरीले सेक्स गरेको कुरा आमा बुबालाई नभनेपनि बहिनीसँग भने साटेकी थिइन । बहिनीले आमालाई भनेपछि घटना सार्वजनिक भयो र मुद्दाको रुपम लिएको हो
त्यहाँको अदालतले किशोरीको पक्षमा फैसला गरेको हो । त्यहाँेको सुप्रिम कोर्टले दोर्जीलाई दोषी ठहर गर्दै जेल पठाएको हो । भुटानमा १८ वर्ष नपुगेसम्म यौनसम्बन्ध राख्न पाइदैन ।