धादिङ, ७ जेठ । नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएको छ । झडपहुँदा ५ जना घाइते भएका छन् । स्थानीय तहको निर्वाचनपछि दुवै पार्टीले विजय जुलुस मनाएर फर्कंदै गर्दा ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ कोलेमा जम्काभेट भएको थियो । शनिबार राति पौने १० बजे झडप हुँदा कांग्रेसका ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
झडपमा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल धादिङमा ल्याइएको छ । प्राथमिक उपचारपछि नेपाली कांग्रेसका दामोदर भट्ट र नरेन्द्र भट्टलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं लगिएको छ ।
झडपमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेसका विनोद तिमल्सिना पनि घाइते भएका छन् । दिउँसो सामान्य भनाभन भएर छुट्टिएकाहरु कार्यकर्ताहरु विजयी जुलुस मनाएर फकिर्ने क्रममा पुनः राति भेटिएपछि दोहोरो झडप हुन पुगेको थियो ।

No comments:
Post a Comment