नेपाली कांग्रेसले, राष्ट्रिय जनता पार्टी नेपाल सहभागी भए दोस्रो चरणको चुनावको मिति केही दिन सार्ने प्रस्ताव अघि सारेको छ ।
शनिबार सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा पनि राजपा आए केही दिन मिति सार्ने कि भन्ने छलफल भएको थियो । तर, प्रमुख विपक्षी दल नेकपा एमालेले मिति सार्ने प्रस्ताव अस्वीकार गरेको छ ।
तीन दलका शीर्ष नेताहरुको बैठक राजपा नेपालका आन्दोलन घोषणा र चुनावबारे छलफल भएको थियो । त्यसक्रममा राजपा चुनावमा आउँछ भने जेठ ३१ को मिति केही दिनपछि सार्ने कि भन्ने प्रस्ताव सत्तारुढ दलबाटै आएको स्रोतले बताएको छ ।
कांग्रेसको नेतृत्वसँगै प्रधानमन्त्री प्रचण्ड पनि चुनाव केही दिन सार्दा राजपा आउँछ भन्ने समेटेर जाने पक्षमा देखिएका थिए ।
तर, प्रमुख विपक्षी दल एमालेले चुनावको मिति सार्ने प्रस्तावमा आफ्नो सहमति नहुने प्रष्ट पारेको छ । एमालेले राजपाको मुख्य चासो दल दर्ता र चुनाव चिन्ह भएकाले सकेसम्म सहजीकरण गर्न सघाउने आश्वासन भने सरकारलाई दिएको छ ।
No comments:
Post a Comment