• Breaking News

    5.27.2017

    एसिड आक्रमणमा परेकीले गरिन् धुमधाम विहे विवेक ओबरायले दिए फ्ल्याट उपहार

    २०७४ जेठ १३ 
    एसिड आक्रमणको शिकार बनेकी ललिता बनेबंसीले विहे गरेकी छिन् ।
    सामान्य झगडामा आफ्नै काकाको छोराले एसिड खन्याएपछि घाइते बनेकी ललिताको १७ पटकसम्म सर्जरी गर्न परेको थियो ।२६ वर्षीय ललिताले २७ वर्षीय राहुल कुमारसँगको प्रेमलाई विहेको रुप दिएकी हुन् ।उनको विहेमा बलिउडका अभिनेता विवेक ओबरोय समेत सामेल भएका थिए । 
    विवेकले ललितालाई फ्ल्याट उपहार दिएका छन् । ललिता र राहुलले अदालतमा धुमधाम विहे गरेका हुन्, जहाँ एसिड आक्रमणका सिकार बनेका अन्य युवतीको समेत सहभागीता थियो ।
    सन् २०१२ मा एसिड आक्रमणमा परेकी ललिताको फोनबाट झुक्किएर राहुललाई कल गएको थियो, सोही कल नै उनीहरुको प्रेम र विवाहको कारण बनेको हो । मुम्बई, एजेन्सी । 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र