• Breaking News

    5.27.2017

    ओलीको बोलि : अब नेपालमा छुकछुके होइन, सुलुलु चल्ने रेल आउँछ

    शनिबार, १३ जेठ
    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दाबी गरे ।  स्थानीयसँगै प्रदेश र केन्द्रको चुनावमा बहुमत ल्याएर एमाले सरकारको नेतृत्व गर्ने दाबी गरे ।पोखरा लेखनाथ महानगरसहित चार स्थानीय तहमा जित हात पारेपछि आयोजित विजयोत्सव आमसभालाई सम्बोधन गर्दै ओलीले ओलीले ‘एमाले तराईमा छैन’ भन्नेहरुले दोश्रो चरणको चुनावको नतिजा आएपछि थाहा पाउने चेतावनी दिए ।दोश्रो चरणको चुनावमा पनि एमालेले बहुमत ल्याएर देशैभरको पहिलो पार्टी बन्ने उनको दाबी छ ।एमालेमा लहर आएका कारण त्यसलाई रोक्न अन्य दलहरु लागेको बताउँदै उनले भने, ‘बलिया पार्टी, सरकारवादी पार्टी मिलेर आउँदा पनि एमालेलाई हराउन सकेनन् र सक्दैनन् । यदि मिलेर नआउने हो भने उनीहरुको सर्वनाश हुन्छ ।’
    राष्ट्रिय जनता पार्टीलाई अघि सारेर दोस्रो चरणको निर्वाचन पर सार्ने प्रयास भइरहेको उनले बताए । चुनाव सार्ने प्रयास चुनावै नगर्ने षडयन्त्र भएको उनको विश्लेषण छ ।छुकछुके होइन, सुलुलु चल्ने रेल आउँछ पोखराको विजयोत्सव आमसभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले नेपालमा रेल गुडाउँछु भन्दा हाँसेर उडाएको सम्झए ।आफूले बोलेका कुरा केही वर्षभित्रै पूरा हुने भन्दै उनले भने, ‘रेल गुडाउँछौं भन्दा हाँस्नेहरुलाई हामी भन्न चाहन्छौं, अबको केही वर्षभित्रै छुकछुक हैन सुलुलु जाने रेल चल्छ, उहिलेका रेल छुकछुक गर्थे तर, अहिलेका रेल सुलुलु चल्छ ।’ओलीले एमालेले भ्रष्टाचारमुक्त नेपाल बनाउने उद्घोष गरे । पोखराका मेयर र उपमेयरले सम्बोधन गर्ने क्रममा भनेका कुरालाई बुढी औंलाले ठीक हो भनेर समर्थन गर्दै उनले भने, ‘हाम्रा प्रतिनिधिले पोखरालाई भ्रष्टाचार मुक्त बनाउँछौ भनेका छन्, एकदम ठीक । एमालेले भ्रष्टाचारमुक्त पोखरा, भ्रष्टाचारमुक्त कास्की, भ्रष्टाचारमुक्त प्रदेश नम्बर ४ र भ्रष्टाचारमुक्त नेपाल बनाउँछ ।’साथै उनले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय बिमानस्थल २र३ वर्ष भित्रै बन्ने दाबी समेत गरे ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र