वैशाख ३० – वाणिज्यमन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँडेको आरोप लागेपछि आक्रोशित सर्वसाधारणका कारण शनिबार बिहानैदेखि जोमसोम बजार तनावग्रस्त भएको छ ।
मन्त्री गौचन शुक्रबार दालोमे गाउँपालिका तेताङ गाउँमा आफ्ना कांग्रेस कार्यकर्ता भेट्न पुगेका थिए । राति १२ बजे सर्वसाधारणको घरघरमा पुगेर पैसा बाँडेको थाहा पाएपछि सर्वसाधारणले समातेर मन्त्री गौचनलाई झुसाङ प्रहरीलाई बुझाएका थिए । लगत्तै एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रका कार्यकर्ता पुगेर उनलाई राखिएको स्थानमा घेराबन्दी गरे । राति नै प्रहरीको सुरक्षा घेरामा मन्त्री गौचनलाई सदरमुकाम जोमसोम ल्याइएको थियो । मन्त्री गौचनले भोट किन्न पैसा बाँडेकोले रंगेहात समातेर प्रहरीलाई बुझाइएको एमालेका पूर्वसांसद चन्द्रबहादुर गुरुङले बताए । ‘मन्त्री भएको मान्छे निर्वाचन आचारसंहिताविपरीत पैसा बाँड्ने र भोट माग्ने गरेकोले सर्वसाधारण र दलहरुका कार्यकर्ताले उनलाई समातेर प्रहरीलाई बुझाएका हुन्,’उनले भने, मन्त्रीको पदमा बसेर गौचनले एकसातादेखि पैसा बाँड्ने र भोट माग्ने काम गरेका छन् ।’उनलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको आधारमा कारबाही नगरेसम्म सबै दलहरुको विरोध कार्यक्रम जारी रहने बताए ।
No comments:
Post a Comment