• Breaking News

    5.13.2017

    निद्रा नलाग्ने कारण समाधानका उपाय


    व्यस्त जीवनशैली तथा तनावका कारण अहिले धेरै मानिसमा अनिद्राको समस्या देखिन थालेको छ । निद्रा राम्ररी पूरा नहुनु वा सुत्न राम्ररी नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनले यसलाई पर्याप्त मात्रामा निदाउन नसक्नु भनी परिभाषित गरेको छ मानिसले निद्रा राम्ररी पूरा गर्न नपाउँदा विभिन्न खालका शारीरिक तथा मानसिक समस्याहरू निम्तिन सक्छन् । व्यक्तिको उमेर, मौसम, भौगोलिक अवस्था, कामको प्रकृति, खानपान, साथै विभिन्न रोगअनुरूप निम्तने समस्या भने व्यक्तिअनुसार फरक–फरक हुन्छ ।

    निद्रा नलाग्ने कारण 
    मानिसमा अनिद्राका कारण कर्टिसोल हर्माेनको उत्पादनमा वृद्धि हुन्छ । जुन हर्माेनले शरीरमा चिनीको मात्रा बढाउँछ । यसरी निरन्तर चिनीको मात्रा बढ्दै गएमा मधुमेहको जोखिम बढाउन सहयोग पुर्‍याउँछ ।

    अनिद्राका कारण उच्च रक्तचापको समस्या देखिने गर्छ । जुन समस्या निरन्तर रहेमा मुटुसम्बन्धी रोगको जोखिम
    पनि बढ्छ ।

    सामान्य मानिसमा पाचनप्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्ने गर्छ । अनिद्राका कारण मानसिक तनाव भई पाचनप्रक्रिया ढिला हुनुका साथै पाचन प्रक्रिया नै पूर्ण नहुन सक्छ । जसले गर्दा पाचन प्रणालीसम्बन्धी विभिन्न समस्या निम्त्याउन सक्छ ।

    अनिद्राका कारण स्मरणशक्तिमा कमी आउँछ । यसले मानसिक अस्थिरता, चिड्चिडाहट, बढी रिस उठ्नेजस्ता मानसिक समस्याहरू पनि देखा पर्न सक्छ ।

    अनिद्राको समस्याले बिहान उठ्दा ताजा महसुस नहुने हुन्छ । जसले गर्दा मध्यदिनमा निद्रा लाग्ने तथा काम गर्न मन नलाग्नेजस्ता समस्याहरू निम्तिन्छन् ।

    निद्रालाई असर गर्ने एउटा महत्वपूर्ण  पक्ष मौसम पनि हो । गर्मी मौसममा बढी निद्रा लाग्ने र जाडो मौसममा कम निद्रा लाग्ने हुन्छ । यसको कारण सेरोटोनिन हर्माेन हो । यो हर्मोन उत्पादन हुन सूर्यको किरण आवश्यक हुन्छ ।

    अनिद्राले निम्त्याउने शारीरिक र मानसिक समस्याबाट जोगिन सबैभन्दा पहिला आफ्नो दिनचर्यामा परिवर्तन ल्याउनु आवश्यक छ । मद्यपान तथा धूम्रपान पूर्ण रूपमा त्याग्नुपर्छ । दैनिक बिहानको केही समय शारीरिक कसरतका लागि छुट्याउनुपर्छ ।
    via : enayapatrika.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र