• Breaking News

    3.31.2017

    उत्तर प्रदेशमा ७० छात्रालाई निर्वस्त्र पारेर जाँच

    एजेन्सी: उत्तर प्रदेशको मुज़फ़्फ़पुर जिल्लाको खतौली इलाकामा रहेको एक आवासीय विद्यालयमा छात्रालाई निर्वस्त्र पारेर जाँच गरेको रहस्य बाहिर आएको छ। उक्त घटनापछि जिल्लाका निमित्त शिक्षा अधिकारीले छानबिन गरी सम्बन्धित विद्यालयलाई कारबाही गर्न आदेश दिएका छन्।
    खतौलीका एसडीएम एससी गुप्तले २९ मार्चमा कस्तूरबा गांधी आवासीय विद्यालयमा सरसफाईलाई लिएर होस्टलको वार्डेनको नेतृत्वमा यस्तो जाँच गरिएको रहस्य खुलेको बीबीसीले जनाएको छ।
    उनले भनेका छन्, 'छात्रालाई निवस्त्र बनाएर जाँच गरेको सूचना थाहा पाउने बित्तिक्कै जिल्ला अधिकारीलाई सूचना दिए।यसपछि तत्काल रिपोर्ट पेश गर्न भन्यौ।'
    घटनाको जाकारी ती छात्राहरुले आफ्ना अभिभावलाई गराएका थिए। यसपछि प्राय सबै अभिभावकले स्कुल पुगेर प्रशासनमा कम्प्लेन गरेका थिए। विद्यालयले करीब ७० छात्रालाई एकै पटक निवस्त्र गरे जाँच गरेको थियो।
    यता, स्कुलको वार्डेनले भने आफूमाथि लगाएको आरोप अस्विकार गरेका छन्। उनले विद्यालयका छात्रामाथि तयस्तो निवस्त्र पारेर जाँच नगरेको दाबी गरेका छन्। उनले आफूलाई प्रशासनले निकाल्‍न यस्तो बहाना बनाएको आरोप लगाएका छन्।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र