• Breaking News

    3.31.2017

    एमाले नेता एवं पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बिराटनगर उपमहानगरपालिका का मेयर!

    बिराटनगर उपमहानगरपालिका लाइ निर्वाचनले तताएको छ। पार्टीहरु उम्मेदवार छान्न ब्यस्त भैरहदा एमालेका तर्फ बाट मेयरमा पुर्व सामान्य प्रशासन मन्त्रि रहिसकेका अनि स्वच्छ छविका नेताको रुपमा स्थापित लालबाबु पण्डित को चर्चा शुरु भएको छ । पण्डितले पनि आफू मेयरका लागि आकांक्षी नभएको तर पार्टीले उठाइहालेको अवस्थामा तयार अवस्थामै रहेको बताएका छन  । बाहिरतिर अरु कार्यकर्ताहरुले समेत आफ्नो चर्चा गर्न थालेको कुरा आफूलाई जानकारीमा आएको उनले बताए ।


    विराटनगर उपमहानरपालिकालाई महानगरपालिका बनाउनको लागि आफूले ठूलो कोशिश गरेको भएपनि त्यो असफल भएको उनको भनाई छ । ‘त्यो बेला महानगरपालिका बन्यो भने आफूनै मेयर उठ्ने प्रतिबद्धता सहित सहयोग मागेको थिएँ,’ भन्छन्, ‘मेरो चर्चा स्वभाविक नै हो, तर पार्टीले कसलाई उठाउने निर्णय गर्छ त्यसमा भर पर्छ ।’

    उनले पार्टीले मोर्चा सम्हाल्ने जिम्मेवारी दिएमा आफू त्यो जिम्मेवारीबाट नभाग्ने बताए । पार्टीले गर्ने निर्णयनै सर्वोपरि हुने उनी बताउँछन् । ‘पार्टीले मेयर उठ्नुहोस् भन्यो भने म नउठ्ने कुरा हुँदैन,’ उनले भने, ‘पार्टीले जित्ने उम्मेदवार उठाउने हो, म उठेपनि जित्नकै लागि उठ्ने हो ।’

    को—को छन् लालबाबुसँग भिड्ने ?

    पण्डित मेयर उठ्छन कि उठ्दैनन् अझै टुंगो त लागेको छैन । तर उनी उठिहालेपनि स्वभावैले अरु प्रतिस्पर्धीहरु पनि हुन्छन् । डिभि तथा पिआरधारी सरकारी कर्मचारीहरुका विरुद्ध धावा बोलेका पण्डित चुनाव उठेमा उनले जित्ने सम्भावना बढी रहने नेताहरु बताउँछन् । तर, उनले कांग्रेस,माओबादी, राप्रपा लगायतका दलका नेताहरुसँग भिड्नु पर्छ ।

    नेपाली कांग्रेसबाट विराटनगर उपमहानगरपालिकामा डिना संग्रौला, रुक्मणी कोइराला, नागेश कोइराला, भीम पराजुली, फूलकुमार लालवानी, राजु थापा, मनोज बस्नेत, त्रिलोचन रिजाल, प्रमिला थापा, सुनबहादुर कार्की लगायतका नेताहरुको नाम चर्चामा ल्याइएको छ ।

    माओबादी केन्द्रले भने मेयर तथा उप मेयरका उम्मेदवारको टुंगो लगाइसकेको छ । मेयरमा भोगेन्द्र यादव तथा उप मेयरमा नमिता न्यौपानेलाई अघि सारिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र