बजारमा महंगी बढेसँगै बहुमूल्य वस्तुहरु नक्कलीमा कारोबार हुने गर्छ । खासगरी सुनका गहनाहरुमा नक्कलीपना बढ्ने गरेको पाइएको छ । बजारमा हेर्दा उस्तै तर नक्कली गहनाहरुको बिगबिगी छ । आज हामी तपाईलाई नक्कली गहना कसरी पहिचान गर्ने भन्नेबारे जानकारी दिनेछौं । जसकारण तपाईले सजिलै नक्कली गहना पहिचान गर्न सक्नुहुनेछ ।
यी हुन् नक्कली गहना पहिचान गर्ने तरिकाहरु:
सुनलाई थोरै घर्षण गर्ने
सुनलाई थोरै घर्षण गरेपछि नक्कली गहना सजिलै थाहा पाउन सकिन्छ । जब तपाईले सुनलाई घर्षण गराउनुहुन्छ, यदि त्यो सुन नक्कली छैन भने सेतो पाउडर निस्कन्छ । तर सुन नक्कली हो भने घर्षण गराउँदा धातुमा लगाइएको सनुजस्तै देखिने पत्र कालो हुन्छ अथवा धातुको भाग नै देखिन्छ ।
मुखले काटेर हेर्ने
सक्कली सुनको सिक्का होस् या गहना, त्यसलाई दाँतले सकेको काट्नुहोस् । किनकी सक्कली सुनमा दाँतले टोकेको भागमा कुनै निशान देखिँदैन । यदि कुनै निशान देखिन्छ भने त्यो नक्कली सावित हुन्छ ।
एसिड परीक्षण
परीक्षण गर्न लागेक सुनमा नाइट्रिक एसिड राखेर केहीबेर त्यतिकै छोडिदिनुस् । केही समयपछि पनि त्यसमा कुनै प्रभाव देखिएन भने सुन नक्कली होइन भनेर बुझ्नु पर्छ । तर नक्कली सुनमा एसिड हाल्दा कालो कालो टिका बस्छ ।
चुम्बक
सुनमा चुम्बकिय शक्ति हुँदैन । त्यसैले अन्य धातु हो भने चुम्बक लगाएमा तुरुन्त थाहा पाइन्छ ।