सप्तरी, फागनु २४ । सप्तरीमा प्रहरीको गोली लागी अहिलेसम्म मर्नेको संख्या सात पुगेको छ । एमालेको मेची महाकाली अभियानको विरोध गरेका प्रर्दशनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा सप्तरीमा ७ जनाको ज्यान गएको समाचार प्राप्त भएको छ ।
मृत्यु हुनेमा सञ्जन मेहता, दीगम्बर यादव, रंजन मेहता, पीताम्बर मण्डल, आनन्द साह, अजय साह, अवधेश ठाकुर भएको मधेसबाणीले जनाएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भने अहिलेसम्म चार जनाको मात्र मृत्यु भएको पुष्टि गरेका छन् ।
एमालेको मेची महाकाली अभियानको तेस्रो दिन सप्तरीमा प्रहरी र आन्दोलनकारीबिच झडप हुँदा प्रहरीले गोली प्रहार गरेको थियो ।
via : everestdainik.com