• Breaking News

    3.05.2017

    सुनतस्करीको बारेमा प्रहरीले गर्यो फेरि यस्तो खुलासा

    सोमवार, फाल्गुन २३,

    सुन पसलकै मालिकहरुले शक्तिकेन्द्रको दुरुपयोग गरी सुन तस्करी गरेको खुलेको छ । प्रशासनिक तथा राजनीतिक शक्तिकेन्द्रको दुरुपयोग गरी उनीहरुले सुन तस्करी गरेको प्रहरीले दाबी गरेको छ ।

    झन्डै डेढ महिनाअघि राजधानीबाट पक्राउ परेको ३३ किलो सुन तस्करीमा राजधानीका दुई नाम चलेका सुन पसलको मालिक संलग्न रहेसँगै शक्तिकेन्द्रको दुरुपयोग भएको समेत प्रहरीले जनाएको छ ।

    सीआईबीले गरेको अनुसन्धानका क्रममा न्युरोडमा रहेको आरके ज्वेलर्सका सञ्चालक रोजेन्द्र के शाक्य, मालिका शाक्य र सालिमार ज्वेलर्सका मालिक रामकृष्ण गोयल, कुसुम गोयल, राहुलको संलग्नता रहेको तथ्य सार्वजनिक भएको हो ।

    उनीहरु पक्राउ नपरिसकेकाले कुन कुन शक्तिकेन्द्रको दुरुपयोग गरे भन्ने बिषयमा थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।  राजधानी दैनिकमा  खबर छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र