सोमबार, फाल्गुण २३,
काठमाडौं । काभ्रे चलाल गणेशस्थान घर भएका हरिशरण खड्का चार वर्षअघिसम्म दुबईस्थित एक कम्पनीमा मजदुरी गर्दथे । त्यहीक्रममा दुबईमा सुन तस्करी गर्दै आएका रामकिसन अग्रवाल र चूडामणि उप्रेतीको समूहसँग उनको चिनजान भयो ।
उनीहरूसँग मिलेर खड्काले भरियाका रूपमा सुन ओसारपसार सुरु गरे । जब सुन तस्करीको सेटिङ बुझे र यसमा करोडौँ कमाइ देखे, त्यसपछि उनी आफैँ तस्करीमा लागेको प्रहरीको भनाइ छ ।
एयरपोर्ट भन्सारका कर्मचारीसँग अग्रवाल समूहको पहिलेदेखि नै सेटिङ थियो, त्यही सेटिङलाई प्रयोग गरी खड्काले तस्करी सुरु गरेका हुन् । तीन वर्षमै उनले करोडौँको सम्पत्ति जोडिसकेका छन् । उनी दुबईमा याक एन्ड यती नेपाली रेस्टुरेन्ट, याक एन्ड यती सुन पसल तथा बागमती ट्रेडिङलगायत कम्पनीका मालिक हुन् ।
उनले लाजिम्पाटमा पनि घर किनेका छन् । खड्काका पार्टनर रोशन भुसालको पनि करोडौँको सम्पत्ति भेटिएको प्रहरीले जनाएको छ । कुनै समय काठमाडौंमा ट्याक्सी चलाउने भुसालको नाममा एक दर्जन कम्पनी छन् । उनीसँग करोडौँंको सम्पत्ति भेटिएको छ ।अाजकाे नयाँपत्रिका दैनिकमा खबर छ ।