• Breaking News

    3.05.2017

    एमालेको सप्तरीमा हुने जनसभास्थल सारियो, मधेसी मोर्चा आक्रामक


    काठमाण्डु, २२ फागुन–नेकपा एमालेको मेची महाकाली अभियान अन्र्तगत सोमबार सप्तरीमा हुने जन सभा गर्ने ठाँउमा मोर्चाका कार्यकर्ताले विरोध गरेपछि कार्यक्रमस्थल सारिएको छ । मोर्चाका कार्यकर्ता कुनै पनि हालतमा यो सभा गर्न दिने मनस्थितीमा छैनन् ।

    मोर्चा र एमालेबीच झडपको अवस्था रहेकाले ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
    मधेसी मोर्चाले सोमबार एमालेले गर्न लागेको विशाल जनसभालाई जिल्लाका विभिन्न स्थानमा लाठी जुलुसको आयोजना गरेको छ । सुनसरीबाट सप्तरी जिल्लामा प्रवेश गर्ने सिमास्थलमा रहेको भारदहमा सोमबार लाठी जुलुस प्रदर्शन गरिने मोर्चाले जानकारी दिएको छ ।
    राजविराजको राज रंगशालामा सोमबार एमालेले गर्ने भनेको जनसभास्थल सारेको छ । रंगशालाको कार्यक्रम औद्योगिक क्षेत्रमा सारेको हो ।
    मोर्चाका कार्यकर्ताको उक्त स्थानमा पनि ठुलो संख्यामा उपस्थित भएर प्रदर्शन गरिरहेका छन् । संभावित घटना हुन सक्नेदेखेपछि बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति रहेको छ ।
    घटना हुन नदिन सुरक्षा निकायले विशेष निगरानी राखेका छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र