काठमाडौं । सांगितिक क्षेत्रमा निकै चर्चामा रहेकी गायिका तथा मोडल ज्योती मगर दिनदिनै चर्चाको विषय बन्दै गएकी छन् । विभिन्न सांगीतिक कार्यक्रम गएर उनी उत्तेजक हाउभाउ र गीत गाएर युवाहरुलाई फुरुङ्ग बनाउँछिन् ।
विभिन्न मेला महोत्सवका मञ्चमा पुरै शरीर ढाकिने पहिरनमा प्रवेश गर्ने ज्योती गाउँदा गाउँदै भित्री बस्त्र देखिने गरि छोटो लूगामा उत्रिन्छिन् । जसले गर्दा युवाहरु पनि उत्तेजक हुन्छन् र माहोल नै परिवर्तन हुन्छ ।
उत्ताउलो पारामा प्रस्तुत हुने ज्याती नेपाली समाजले सजिलै रुपमा पचाउन नसक्ने किसिमका शब्दहरु पनि बोल्छिन् । जसले गर्दा मेला महोत्सवमा घर परिवारसंगै सहभागी भएकाहरुले अप्ठेरो महसुश गर्छन् । कतिपय ठाउँमा ज्योती मगरको प्रस्तुतीलाई लिएर महिलाहरुले विरोध समेत गर्छन् । उनलाई मञ्चमा गाउन नदिने किसिमका आवाजहरु पनि महिलाहरुले उठाएका घटनाहरु पनि छन् ।
त्यति मात्रै होइन उनको स्वरमा रहेका गीत तथा अभिनय गरेका म्युजिक भिडियोहरु पनि उत्तेजक शैलीका हुन्छन् । जुन हामी परिवारको साथमा बसेर सुन्न र हेर्न पनि सक्दैनौं । उनी अहिले प्रायः युवा पीडिलाई लक्षित गर्दै यसरी प्रस्तुत हुने गरेको स्वयम बताउँछिन् ।
केही दिनअघि पथरी महोत्सवमा पनि यसरी नै उत्ताउलो पारामा उनी पस्तुत भइन् । ज्योतिले उत्तेजक हाउभाउबाट आफ्ना समर्थकलाई अझै नजिक तान्ने प्रयास गरिन् ।
स्टेजबाटै युवाहरूलाई आछु आछु पार्ने किसिमका शब्दहरु प्रयोग गरिन् । ज्योतिले आई लभ यू, सोल्टी, च्वाक, झ्याप, रोमान्स गर्ने हो ? यो सोल्टीसँग बिहे गरे भने त सोल्टी जस्तै कालो छोरो हुन्छ होला, यस्तो लुरेले ज्योतिलाई सक्दैन जस्ता भाषाले युवाहरुलाई तताइन् ।
त्यसक्रममा उनले पत्रकारलाई पनि छोडिनन् । उनले पत्रकारलाई भनिन्, ‘उहाँहरूले मेरो कार्यक्रममा जति मज्जा अरूले कहाँ लिनुहुन्छ, ‘लो एङ्गल’बाट फोटो खिचेर मज्जा लिनुहुन्छ अनि घरमा गएर जुम गरिगरि हेर्नुहुन्छ ।’ फेरी दर्शकलाई उनले पैसा तिरेर ठाढाबाट नजिकबाट हेर्न नभएकाहरुलाई पनि लक्षित गदै टाढैबाट हेर्न मिल्ने तिघ्रा बनाएको भन्न समेत पछि परिनन् । उनका यस्ता शब्दलाई कतिपयले मन नपराएको पनि देखिन्थ्यो ।