• Breaking News

    3.25.2017

    सुनिल ग्रोवरले घोषणा गरे नयाँ कार्यक्रम, कपिलका समर्थक किकू पनि सँगै

    चैत १३ – केहि दिन अघि मात्र ‘द कपिल शर्मा शो’ बाट अलग्गिएका सुनिल ग्रोवरले नयाँ कार्यक्रमको घोषणा गरेका छन् । उनले कार्यक्रमको पोस्टर सोसल मिडियामा सेयर गरेका छन् । उनका कार्यक्रममा कपिल शर्माका समर्थक किकू शारदा पनि उनीसँगै देखिएका छन् ।

    नयाँ कार्यक्रम भएपनि उनीहरुले आफ्नो भूमिका भने परिवर्तन गरेका छैनन् । सुनिल डा. मशहुर गुलाटीको भूमिकामा  र किकू बम्पर नर्सको भूमिकामा देखिएका छन् ।

    सुनिल ग्रोवरद्वारा सार्वजनिक गरिएको पोष्टर अनुसार उनीहरुको नयाँ कार्यक्रमको नाम ‘डा. मशहुर गुलाटी कमेडी क्लिनिक’ हो । पोष्टरमा सुनिलले आफ्नो कार्यक्रममा किकू शारदाका साथै अन्य कलाकारको पनि भूमिका हुने जानकारी दिएका छन् । सुनिलले सन् आउँदो अप्रिल १ तारिखमा दिल्लीको तालकटोरा स्टेडियममा उक्त कार्यक्रमको सुटिङ हुने घोषणा पनि गरेका छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र