• Breaking News

    3.05.2017

    कति छ अमिताभ बच्चनको सम्पत्ति ?


    आइतबार, २२ फागुन

    मुम्बई । बिलउडका बिग बी अमिताभ बच्चन कला र अभिनयमा मात्र होइन सम्पत्तिमा पनि निकै धनी छन् ।

    तिनै धनि पिताले लैंगिक समानताको पक्षमा भन्दै हालै आफ्नो सम्पत्ति छोरा र छोरीलाई बराबर बाँड्ने निर्णय पनि गरेका छन् ।

    अमिताभको यो कदमले बलिउडमा मात्र नभएर भारतको गल्ली गल्लीमा चचर्चा पाएको छ भने धेरैले यसलाई अमिताभको राम्रो कदम भन्दै तारिफ गरेका छन् ।

    आफ्नो सम्पत्ति छोरा र छोरी दुुबैलाई बराबर बाँड्ने घोषणा गरेका बिग बीसँग कति सम्पत्ति छ त ? विभिन्न समयमा प्रकाशित समाचारहरुमा उनको सम्पत्ति फरक फरक देखिएको छ ।
    हालै भारतीय संचारमाध्यमहरुले प्रकाशित गरेको सूचीमा यति छ अमिताभको सम्पत्ति:

    घर –अमिताभका दुईबटा आलिसान घर छन् ‘प्रतीक्षा’ र ‘जलसा’ नाम गरेका घर छन् । प्रतिक्षामा उनी आफ्ना आमा बाबुसँग बस्ने गर्दथे । तर अहिले उनको बाबु–आमाको मृत्युपछि भने उनी जलसामा बस्न थालेका छन् ।

    प्रतिक्षाको मुल्य करिब १५० ककरोड रहेको बताइएको छ भने जलासाको मुल्य करिब २०० करोड रहेको बताइएको छ ।

    त्यसो अमिताभले हालै जुहुमा नयाँ घर किनेका छन् । सबै घर जग्गा जोड्दा उनको सम्पत्ति ३०० करोड भन्दा बढी रहेको बताइएको छ ।


    गाडी– सयौं करोडको घर जग्गा रहेको अमिताभसँग कुल ११ वटा गाडी रहेको छ । ती कारहरुमा संसारकै उत्कृष्ठ ब्राण्ड मर्सेडिज, बीएमडब्ल्यू जस्ता कार छन् । गाडीमा अमिताभले निकै ठूलो लगानी गरेका छन् ।

    शेयर– बलिउडमा आफ्नो भिन्दै पहिचान बनाएका अमिताभको शेयर बजारमा पनि छुट्टै पहिचान रहेको छ ।

    उनीसँग करोडौं रुपैयाँ बराबरको सेयर रहेको भारतीयसंचारमाध्यमहरुले उल्लेख गरेका छन् । यद्यपी उनीसँग कति रकम बराबरको सेयर छ भन्ने यकिन विवरण भने छैन । उनले विभिन्न कम्पनीको सेयरमा लगानी गरेको भने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    कुल सम्पत्तिः विगत करिब ४ दशकदेखी बलिउडमा सक्रिय कुल सम्पत्ति कति छ त ? यसको यकिन तथ्यांक भने कसैसँग पनि छैन ।

    तर भारतीय संचारमाध्यमहरुले भने बच्चनको कुल सम्पति लगभग ३,६०० करोड भारु रहेको जनाएको छ ।  उनी अझै वार्षिक १०० करोड रुपैयाँ वार्षिक कमाउँछन् ।

    उनका अलाभा परिवारमा छोरा अभिशेक र बुहारी ऐश्वर्याले पनि बलिउडबाट निकै धेरै कमाउने गरेका छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र