• Breaking News

    3.09.2017

    दिनभरको प्रचण्डको प्रयास निमेषभरमै देउवाले उल्टाइदिए पछि गच्छदारको सपनामा तुषरापात

    शुक्रबार २७, फागुन २०७३

     काठमाडौं । राप्रपा अध्यक्ष कमल थापासँगै उप्रधानमन्त्रीमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सपथ खुवाउने योजना बुधवार बालुवाटारमा बनेको थियो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अडानले प्रधानमन्त्री पुष्पकमल दाहाल र गच्छदारको योजना सफल भएन ।
    बुधवार सप्तरी घटनालाई लिएर फोरम लोकतान्त्रिकको बैठक बसिरहेका बेला प्रधानमन्त्री दाहालले गच्छदारलाई टेलिफोन गरी बालुवाटार आउन निम्तो दिए । दाहालको फोन आउने बितिकै गच्छदार बैठक छोडेर बालुवाटार पुगे । दाहाल र गच्छदारबीच भौतिक योजनासहित दुई मन्त्रालय फोरम लोकतान्त्रिकलाई दिने सहमति भयो । उपप्रधानमन्त्रीसहित भौतिक योजना मन्त्री बन्ने भएपछि सरकारमा जाने तयारी गच्छदारले थाले ।
    दुई नेताबीच सिनियर उपप्रधानमन्त्री गच्छदारलाई बनाउने सहमति भएको थियो । ‘केपीजीको पालामा पनि तपाई नै सिनियर उपप्रधानमन्त्री हुनुहुन्थ्यो अहिले हुँदा पनि के फरक परयो र’ प्रधानमन्त्री दाहालले यस्तो लोभलाग्दो प्रस्ताव गरेपछि गच्छदार सिधै पार्टी कार्यालयमा पुगे ।
    उनले पार्टीका नेताहरुलाई सरकारमा जाने कुरा सुनाए । ‘दुई मन्त्रालय हामीले पाउने भयौ एउटा टुंगो लागेको छ अर्काे सपथ खुवाउँदासम्म टुंगो लाग्छ’ फोरम लोकतान्त्रिकका नेताहरुसँग गच्छदारले भने ।
    गच्छदार फेरी उपप्रधानमन्त्री बन्ने मिठो आशा लिएर फोरम लोकतान्त्रिकको पार्टी कार्यालयबाट बाहिरिए । उनी बाहिएर घर नपुग्दै फेरी प्रधानमन्त्री दाहालले बालुवाटार बोलाए । गच्छदार साँझ बालुवाटार पुग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगिसकेका थिए । गच्छदार पुग्नु भन्दा पहिले नै देउवाले योजना भताभुङ पारिसकेका थिए ।
    आफ्नो भागमा परेको भौतिक तथा योजना मन्त्रालय दिन नसक्ने अडान देउवाले राखे । त्यसपछि दाहालले गच्छदारलाई सुचना तथा सञ्चारमन्त्री बन्न आग्रह गरे । पहिले नमानेका गच्छदारले पछि त्यसमा सहमत पनि भए । तर देउवाले सिनियर उपप्रधानमन्त्रीमा स्वीकार गर्न नसकिने अर्काे बखेडा झिके । ‘सिनियर विमलेन्द्रजी नै हो त्यसपछिको तपाई हुनुहोस’ देउवाले प्रस्ताव राखे ।
    दिउँसो दाहालसँग भएका सवै कुरा उल्टेपछि गच्छदारको सिनियर उपप्रधानमन्त्री बन्ने योजनामा तुसारापात भयो । उनी केही झोक्किए पनि । तर देउवाले उनको कुरा सुन्न तयार भएनन् । अन्तः कमल थापासँगै उपप्रधानसहित भौतिक योजनामन्त्रीको सपथ लिने गच्छदारको अर्काे सपना बिफल भयो ।

    via :  एस काठमाडौं 

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र