• Breaking News

    3.09.2017

    भारतीय गाडी र चलचित्र चल्न नदिने वाईसिएल र क्रान्तिकारीको घोषणा

    'सीमामा पर्खाल लगाउ'

     काठमाडौं, २७ फागुन । कन्चनपुरको आनन्द बजारमा नेपाली नागरिक गोविन्द गौतमलाई भारतीय सुरक्षाबल एसएसबीले गोली हानि हत्या गरिएको विरुद्दमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल र अखिल क्रान्तिकारीले आज राजधानीमा प्रदर्शन गरेको छ ।
    प्रदर्शनका क्रममा वाइसिएल तथा क्रान्तिकारीले नेपालमा भारतीय गाडी तथा चलचित्र चल्न नदिने घोषणा गरेको छ ।
    कञ्चनपुर घटनाका दोषिलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलाबाट सुरु भएको जृुलुस नयाँ बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।
    कोणसभामा बोल्दै वाइसीएल तथा क्रान्तिकारीका  नेताहरूले  नेपाल भारत सीमामा पर्खाल लगाउन सरकार समक्ष माग गरे ।
    via : khabardabali.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र