• Breaking News

    2.20.2017

    राप्रपाको केन्द्रीय सदस्यका लागि के–के गरिन् रेखाले ?



    काठमाडौं, १० फागुन । दुई महिना अगाडि राप्रपामा प्रवेश गरेकी माओवादी साधारण कार्यकर्ता एवम् चर्चित अभिनेत्री रेखा थापाले केन्द्रीय सदस्यका लागि भिडन्त गर्दैछिन् ।

    खुला प्रतिस्पर्धामा पराजित हुने डरले रेखाले महिला आरक्षित कोटामा केन्द्रीय सदस्य पदका लागि मनोनय दर्ता गराएकी छिन् । रेखालाई जिताउने विशेष गरेर रविन्द्र चाम्लिङ र राजाराम बर्तौला सक्रिय भएको आरोप छ । राप्रपाका केन्द्रीय सदस्यहरूका लागि आज (मंगलबार) मतदान हुँदैछ ।

    महाधिवेशनस्थलमा रहेका राप्रपाका प्रतिनिधिहरू ‘दुई महिना अगाडि राप्रपामा प्रवेश गरेकी रेखा थापालाई केन्द्रीय सदस्य बनाउन केही नेताहरू लागेको भन्दै जिब्रो टोक्न थालेका छन् । प्रतिनिधिहरू भन्छन्, ‘प्रतिकूल समयमा राप्रपाको संगठनमा हामी लाग्यो । शीर्ष नेताहरूलाई खुसी बनाएर रेखा थापाले महाधिवेशन प्रतिनिधी हुँदै महिला आरक्षणबाट केन्द्रीय सदस्य बन्दै हुनुहुन्छ । यस्तो अन्याय गर्न पाइन्छ ?’

    रेखालाई अत्याधिक मतले नवनिर्वाचित कमल थापा निकट मानिने रविन्द्र चाम्लिङ र राजाराम बर्तौलाले बोकेकोमा प्रतिनिधिहरू रिसाएका हुन् । रेखाको आगमनबाट रुष्ट रहेका फिल्मीकर्मीहरू पनि खुसी छैनन् । पार्टीको फितलो विधानका कारण रेखाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

    राजनीतिक रुपमा माथि आउन रेखाले कमल थापाको आडमा काठमाडौं क्षेत्र नम्बर चारबाट प्रतिनिधी बन्नुका साथै संस्थापन समूहको प्रखर कार्यकर्ता पनि बनेकी छिन् । कमल थापाले केन्द्रीय सदस्य जिताउने विषयमा खासै रुची नदेखाएपछि उनकै किचन क्याबिनेटका राजाराम बर्तौला र रविन्द्र चाम्लिङको साथ लिएर रेखा महिला आरक्षित कोटामा उम्मेदवार बन्न पुगेको आक्षेप छ ।

    कमल थापाले रेखालाई केन्द्रीय सदस्यभन्दा पनि कुनै विभागका सदस्य वा पदाधिकारीसम्म बनाउने तयारीमा थिए । अध्यक्ष थापा पनि रेखालाई अहिले नै केन्द्रीय सदस्य बनाइ हाल्नु पर्छ भन्ने पक्षमा नरहेको स्रोतको भनाइ छ ।
    दैनिक नेपाल

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र