मंगलबार, १० फागुन,
काठमाडौं । विश्वविद्यालयका पदाधिकारीहरु कुनैपनि बैचारिक संगठनको सदस्य बन्न नपाउने कानुनी ब्यवस्था छ ।
तर, यो कानुनी ब्यवस्था विपरीत विभिन्न विश्वविद्यालयका पदाधिकारीहरु नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्रध्यापक संघको आगामी फागुन २० देखि २१ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा प्रतिनिधि नै बनेको खुलासा भएको छ ।
साधरण सदस्य बन्न कानुनले बन्देज लगाएको अवस्थामा प्रतिनिधि नै बनेर कानुनको उल्लंघन गर्ने छुट पाउनेमा सुदूरपश्चिमान्चल विश्वविद्यालयकी भूषण श्रेष्ठ, पोखरा विश्वविद्यालयका रजिष्टार गोविन्द शर्मा, त्रिवि सेवा आयोगका सदस्य केदारनाथ घिमिरे, मानविकी संकायमा डिन चिन्तामणि पोखरेल, त्रिवि परिक्ष नियन्त्रण कार्यलयका नियन्त्रक केशवराज बास्तोला, त्रिवि कानुन संकायका डिन ताराप्रसाद सापकोटा, त्रिवि योजना महाशाखा प्रमुख ऋदिशकुमार पोखरेल, त्रिवि अनुगमन समितिका निर्देशक डा. अरुण कुमार शर्मा, पशु विज्ञान अध्यायन संस्थानका डिन नरेन्द्रकुमार चौधरी छन् ।
माघ अन्तिम साता भरतपुर चितवनको गार्डेन रिसोर्टमा फेला परेको पेनड्राइभमा रहेका तथ्याङ्क अनुसार प्रचलित कानुन विपरीत आ–आफ्नो कार्यलयका प्रप्रासंघ एकाइको एक सदस्यीय समितिको अध्यक्ष भएर प्रतिनिधि हुनेहरुमा पोखरा विश्वविद्यालय योजना महाशाखाका निर्देशक हरिबहादुर खड्का, पोखरा विश्वविद्यालय अन्तराष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशक पूर्णचन्द्र शर्मा, पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्दैका निर्देशक राजेश ठकुराठी लगायत छन् । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।