• Breaking News

    2.20.2017

    मनिषा भन्छिन्ः चाँडै आमा बन्छु, नयाँ जीवन थाल्छु

     फागुन १० गते 
    क्यान्सरसँगको लडाई जितेपछि अभिनेत्री मनिषा कोइराला आफ्नो जीवनमा नयाँ रंग भर्ने प्रयास गर्दैछिन् । बलिउडमा कम ब्याक गर्ने तयारी गरिरहेकी उनले हालै एउटा अन्तरवार्तामा आफ्नो अर्को योजनाको पनि खुलासा गरिन् ।

    मनिषाको नयाँ योजना हो, आमा बन्ने । त्यसो त श्रीमान सम्राट दाहालसँग उनको सन् २०१२ मै छोडपत्र भइसकेको छ । त्यसो भए कसरी आमा बन्नेछिन् त उनी ?

    मनिषाका अनुसार उनी चाँडै नै एक बालिकालाई धर्मपुत्री बनाउने तयारीमा छिन् । एउटा वेवसाइटलाई दिएको अन्तरवार्तामा उनी भन्छिन्, ‘यो वर्षको डिसेम्बरमा म क्यान्सरबाट बाहिर निस्केको पाँच वर्ष हुन्छ । यदि सबै कुरा ठीकठाक रह्यो भने म एउटी बच्चीलाई गोंद लिनेछु । आमा भएपछि म आफ्नो जिन्दगीलाई नयाँ ढंगले प्लानिङ गर्नेछु । जिन्दगीलाई यसरी नयाँ मोड दिनका लागि म खुबै उत्साहित छु ।’

    मनिषाको सन् २०१० मा व्यवसायी सम्राट दाहालसँग विहे भएको थियो । तर उनीहरुको वैवाहिक सम्वन्ध लामो समय टिक्न सकेन । उनीहरु दुई वर्षपछि अलग भए । त्यसलगत्तै मनिषा क्यान्सरबाट पिडित भइन् ।

    क्यान्सरको उपचार गर्न उनी अमेरिका गइन् । २०१५ मा उनी पूर्णरुपमा क्यान्सरमुक्त भएकी छिन् । ।

    ढल्कदो उमेरका बाबजुद मनिषाको फिल्मप्रति मोह टुटेको छैन । यसबीचमा एउटा नेपाली फिल्ममा अभिनय गरे पनि कुनै चमत्कार देखाउन नसकेकी उनी चाँडै एउटा हिन्दी फिल्ममा देखिदैछिन् । अभिनेता सञ्जय दत्तको जीवनमाथि बन्न लागेको बायोपिक फिल्ममा उनले सञ्जयकी आमा नर्गिसको भूमिका निभाउने तय भएको छ ।
    अनलाइनखबर

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र