• Breaking News

    1.16.2017

    सांसद खरिद गरेर संशोधन, सांसदको मूल्य पाँच करोड !

    काठमाडौं, ३ माघ । नाटकीय ढंगले संसद बैठकमा टेबुल भएको संविधान संशोधन विधेयकले नेपाली राजनीतिमा अनेक तमासा देखाउने लक्षण देखाएको छ ।

    यो विधेयक पारित नगरी नछाड्ने सत्तापक्षको अडान र भारतीय दबाब, पारित गर्न नदिने प्रतिपक्ष एमालेको रणनीतिले एकथरी सांसद तथा पार्टीहरू मालामाल हुने र देशको चाहिँ बेहाल हुने लक्षण पनि देखिन थालेको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।

    विधेयक पारित गर्न दुई तिहाई नभई नहुनेले त्यसका लागि मन्त्री पद दिएर हुन्छ कि दाम दिएर हुन्छ कि, मन्त्री र दाम दुबै दिएर हुन्छ कि जसो गरेर पनि पारित गर्ने चक्करमा प्रचण्ड सरकार लागि परेको छ ।

    सरकार दुवै हात खुला गरेर र थैली समेत बोकेर मैदानमा उत्रिएपछि एकखाले सांसदको मोल पाँच करोड रुपियाँसम्म पुगेको समाचार केही मिडियाले दिएका छन् ।

    ०७३ पुस २४ गते संसदमा टेबुल भएको संविधान संशोधनको विधेयक अब प्रक्रियागत रुपमा अघि बढेता पनि यसको टंगो लाग्ने झण्डै दुई महिना लाग्ने देखिएको छ ।

    संविधान संशोधन विधेयकको पक्षमा दुई तिहाई पुगाउन सरकारलाई कम्तीमा ३ सय ९६ जना सांसद चाहिन्छ ।
    दैनिक नेपाल

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र