• Breaking News

    1.16.2017

    यसरी २५ वर्षमै उजाडियो यमबुद्धकी श्रीमती अस्मिताको वैवाहिक जीवन


    सोमबार, माघ ०३, 
    काठमाडौं । मञ्चमा यमबुद्ध भनेर चिनिने अनिल अधिकारीकी श्रीमती अस्मिता सेढाईंको २५ वर्षको उमेरमा नै वैवाहिक जीवन उजाडिएको छ । उनको फेसबुक प्रोफाइलले उनी हाल लण्डनमा सिभिल इन्जिनियरिङ पढिरहेकी बताउँछ । अंग्रेजी नयाँ वर्षमा अन्तिम पटक फेसबुक स्टेटस अपडेट गरेकी उनले फेसबुकमा जीवनका रंगीन पलको तस्बिरहरु अपलोड गरेकी छिन् । उनले डिसेम्बर १७ तारिखमा आफूले २५ वसन्त पार गरेको भन्दै जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद दिएकी छिन् ।

    उनको फेसबुक प्रोफाइललाई केलाउँदा उनी निकै सुन्दर, मस्ती गर्नुपर्ने र सकारात्मक सोचकी धनी मानिन्छिन् । यद्यपी, उनको उत्साहित जीवनमा गत शनिबार बज्रपातले खस्यो । विवाह गरेको केही वर्षमै जीवनभरी साथ दिन्छु भनी कसम खाएका यमबुद्धले उनलाई सधैंका लागि छोडेर गएका छन् । यसमा कुनै शंका छैन, अस्मिता अहिले निकै शोकाकुल अवस्थामा छिन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र