• Breaking News

    1.16.2017

    श्रीमान बिदेशमा पसिना बगाउने : श्रीमती हाेटलमा याैनधन्दा गर्ने : पथरीकाे हाेटलबाट तीन जाेडी पक्राउ

    सोमबार, माघ ०३,
    माेरङ । माेरङकाे पथरीशनिश्चरे स्थित बजार क्षेत्रमा इलाका प्रहरी कार्यालय पथरीले अाइतबार साझ छापा मारेकाे छ । पथरीकाे हाेटलहरूमा याैनजन्य गतिविधी हुने गेकाे ब्यापक जनगुनासाेपछि प्रहरीले छापा मारेकाे हाे । हाेटलहरूमा छापा मारेपछि प्रहरीले अवैध याैनजन्य क्रियाकलापमा संलग्न तिन जाेडीलार्इ रंगेहात पक्राउ गरी अाफन्तकाे जिम्मा लगाइएकाे प्रहरीले जनाएकाे छ ।

    इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन कार्कीले दिएकाे जानकारी अनुसार पक्राउ तिनै जना महिलाहरू कसैकाे श्रीमान बैदेशीक राेजगारमा रहेकाे र कसैकाे श्रीमती कसैकाे बुहारी रहेकाे र अाइतबारनै सम्बन्धित ब्याक्तीहरूलार्इ बाेलाएर परिवारकाे जिम्मा लगाइएकाे हाे ।

    पथरीबजारमा हुने याैनजन्य क्रियाकलापहरूकाे अन्त्य गर्न प्रहरीले बिशेष अपरेसन समेत सुरू गरिसकेकाे प्रहरी निरिक्षक कार्कीले बताए । यता हाेटल ब्यवसायिहरूले भने प्रहरीले हाेटलहरूमा छापा मारी नाटक देखाएकाे अाराेप लगाएका छन । जहाँ खुलेअाम याैनधन्दा हुन्छ त्यहा नजराना असुल्ने र जहाँ केही हुदैन त्यहा छापा मारेर हाेटल ब्यवसायीहरूलार्इ तर्साउन खाेजीएकाे ब्यवसायिहरूले अाराेप लगाएका छन ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र