• Breaking News

    12.29.2016

    महिलाको शरीरमा शिवजी प्रवेश गरेपछि … हेर्नलाई भीड !


    रौतहट ।  रौतहटको सखुअवा धमौरा गाविसमा एक महिलाको शरीरमा भगवान शिवको प्रवेश भएको विश्वासमा हेर्नेहरुको घुइँचो लाग्न थालेको छ।

    बेलाबेलामा निधार, घाँटी, बाहुली, हात र खुट्टामा त्रिशुल, चन्दन, सर्प, डमरु, रुद्राक्ष, मालालगायत कालो रंगको आकृति देखिने गरेको भन्दै स्थानीयले महिलाको पूजा पाठसमेत गर्न थालेका छन्। आसपासका विभिन्न गाउँबाट हेर्न आउने मानिसको घुइँचो बढ्न थालेपछि माइती बडहर्वा– २ बाट पिता विनोद दाससमेत व्यवस्थापनका लागि आइपुगेका छन्।

    सखुअवा धमौरा गाविस–६ सिसवा टोलकी २४ वर्षीया प्रियंकादेवी दासको शरीरको विभिन्न अंगमा शिवसँग सम्बन्धित विभिन्न आकृति देखिन थालेको स्थानीयको भनाइ छ।



    गत ११ दिनदेखि राजेश दासकी श्रीमती प्रियंकादेवीको जीउमा शिवसँग सम्बन्धीत विभिन्न आकृति देखिइरहेको र स्थानीयले भजन कीर्तन गरिरहेको विषयमा सत्यतथ्य बुझेर वास्तविकता बाहिर ल्याउन स्थानीयले माग गर्न थालेका छन्। ‘स्थानीय प्रशासनले छानविन गरी सत्यतथ्य बाहिर ल्याउनु पर्छ,’ सदभावना पार्टीका केन्द्रीय सदस्य एवं स्थानीयबासी राजकुमार दास तत्माले भने।



    जीउमा शिवसँग सम्बन्धित विभिन्न आकृतिहरु आइरहेको खबरले टाढाटाढाबाट आफन्त र पाहुनाहरु आउने क्रम बढेको छ। गाउँमा माछामासु निषेध गरिएको पनि तत्माले बताएका छन्।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र