• Breaking News

    12.29.2016

    पृथ्वी जयन्ती मनाउन प्रधानमन्त्री असहमत,मन्त्रिपरिषदमै मन्त्रीबीच भनाभन

    शुक्रबार, पुस १५, २०७३

    राष्ट्र निर्माताका रुपमा चिनिने पृथ्वी नारायण शाहको जन्मजयन्ती २७ पुसका दिन सार्वजनिक बिदा दिने विषय मन्त्रिपरिषद बैठकमा उठेको छ ।

    कानुनमन्त्री अजयशंकर नायकले पृथ्वी नारायण शाह राष्ट्रिय एकताको प्रतीक भएको र उनको योगदानलाई सम्झेर सार्वजनिक बिदा दिउँ भन्ने विषय बैठकमा उठेको बताए । राजधानी दैनिकले समाचार छापेको छ

    सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मन्त्रिपरिषद बैठकमा २७ पुस पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा घोषणा गर्न माग गरेका थिए । मन्त्री केसीले पृथ्वीनारायण साहले दिएको योगदान र भूमिकालाई बिर्सेर उनलाई अनादर गर्न नमिल्ने भन्दै २७ पुस मा सार्वजनिक दिनुपर्ने माग गरेका थिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री केसीको माग अस्वीकार गरेपछि सार्वजनिक बिदा दिने कुनै निर्णय भने हुन सकेन ।

    प्रधानमन्त्री दाहालले मन्त्री केसीको मागप्रति केन्द्रित हुँदै तपाईको कुरो ठीकै भएपनि यो राजनीतिक विषय भएकाले विभिन्न स्टेक होल्डरसँग छलफल र राजनीतिक सहमति बिना सार्वजनिक बिदा दिने निर्णय गर्न नसकिने बताएका थिए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र