• Breaking News

    7.04.2016

    जेल जानुपर्ने डरले नक्कली प्रमाणपत्रधारी डाक्टर आईसियूमा भर्ना ! (कोसँग कति धरौटी मागियो ?)

    असार २१ गते 

    काठमाडौं– अदातलतले मागेको धेरौटी बुझाउन नसकेपछि जेल चलानको आदेश भएका दुई नक्कली प्रमाणपत्रधारी चिकित्सक आईसियूमा भर्ना भएका छन् । धरौटी तिर्न नसकेका पन्नालाल पटेल र मोहम्मल रुहुल्ला जेल जान  पर्ने भएपछि बिरामी भएको नाटक गरेर अस्पतालको आईसियुमा भर्ना भएका हुन् ।


    उनीहरुमध्ये रहुल्लालाई ३५ लाख र पटेललाई १५ लाख रुपैयाँ धरौटी मागिएको थियो । एकरात आईसियूमा बिताइसकेका उनीहरुले धरौटीको जोहो गरिरहेको र रबम जम्मा हुने बित्तिकै ‘निको हुने’ नीति अपनाएका हुन् । नक्कली प्रमाणपत्रका आधारमा पक्राउ परेका डाक्टरलाई एउटै कसुरमा फरक–फरक सजाय पाएका छन् ।  प्रहरीले पक्राउ गरेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकमध्ये २१  जना  सामान्य धरौटीमा छुटेका छन् । तीन जनालाई प्रहरीले अख्तियारमा बुझाएको छ  भने धेरै धरौटी तोकिएका ४ जनाले बुझाउन नसक्दा जेल चलान  भएका  छन् । कुनै जिल्लामा  प्रहरीको मागदाबीअनुसार नै धरौटी माग भएकाले धेरै धरौटी बुझाउनुपर्ने भएको हो भने कुनै जिल्लामा सामान्य धरौटी माग गरिएको हो । तीमध्ये काठमाडौंमा  पक्राउ परेका चार सामान्य धरौटीमै छुटेका छन् । अरुण  गुप्ता  र गणेश शाह  १÷१  लाख  तथा बुद्धिमान श्रेष्ठ र विनिता मण्डल ५०÷५० हजार धरौटीमा  छुटेका छन् । उनीहरुमध्ये गुप्ताविरुद्ध  ८१ लाखको बिगो दाबी गरी मुद्दा  दायर गरिएको थियो । उनीविरुद्ध  तीन  बिरामीले उजुरी समेत  दिएका  छन् । त्यस्तै पोखरामा पक्राउ परेका महेश्वर राय यादबलाई सात  लाख धरौटी माग भएको छ । धरौटी तिर्न नसक्दा उनी जेल चलान  भएका  छन् । सुनसरीका  मनिष अर्याल पनि धरौटी तिर्न नसक्दा जेल चलान भएका छन् । उनलाई ३२  लाख  २५ हजार धरौटी माग भएको थियो । पक्राउ परेका सुनिल आचार्य र रजनी अग्रवाललाई अख्तियारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी बसन्त कु“वरले बताए । आचार्यले पहिला प्रसूति अस्पताल थापाथलीमा काम गरेका थिए । त्यस्तै अग्रवालले वीपी कोइराला इन्टिच्यूट अफ हेल्थ साइन्समा काम गरेकी थिइन् । त्यस्तै अञ्चल अस्पताल जनकपुरमा काम गर्ने रामजी यादबलाई पनि अख्तियारमा बुझाइएको छ । पक्राउ परेकामध्ये १४ जनाले सरकारी अस्पतालमा काम गरेकाले उनीहरुलाई अख्तियारले मुद्दा  दायर गर्न लागेको हो । तर, सरकारी अस्पतालमै काम गरेका केही चिकित्सकहरु भने अख्तियारमा नबुझाई रिहा भएका छन् । -स्वास्थ्य खबरपत्रिका बाट 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र