• Breaking News

    7.04.2016

    रेस्टुरेन्टमा बस्नुनै पर्दैन कुरि कुरि, घरमै बन्छ अब चिकेन तन्दुरी !

    फलामको सिन्कामा झुण्डाएर राखेको कुखुराको रातो रातो सपेटा रेस्टुरेन्टमा देख्दा कसलाई खान मन नलाग्दो हो ? तर पैसा हुनेलेत खालान् नहुनेलाई भने थुक निल्दै हिड्नु सिबाय अरु कुनै विकल्प छैन । अब चिन्ता नलिनुस थुक निल्नु पर्दैन ! तपाइंले जाँगर मात्र निकाल्नु भयो भने घरमै बसेर चिकेन तन्दुरी मज्जाले बनाउन सक्नुहुन्छ ।

    चिकेन तन्दुरी बनाउन आवस्यक पर्ने  सामग्रीहरु यस्ता छन् !

    – १ होल चिकेन
    – १/२ चम्चा काजु को पेस्ट
    – २ चम्चा मरिच
    – १ चम्चा मगज को पेस्ट
    – १ चम्चा खसखस को पेस्ट
    – १/२ कप क्रिम
    – २ चम्चा मक्खन
    – नुन स्वाद अनुसार र
    – कलर ( स्वास्थ्यको दृस्टीकोणले कलर प्रयोग नगरेकै राम्रो तर हेर्दा भने खाउँ खाउँ झैं लाग्छ )

    यस्तो छ बनाउने सजिलो तरिका ‍!

    सबै भन्दा पहिला चिकेन को पिस लाई राम्ररी धुनुहोस अब माथिको सबै सामग्री लाई एउटा भाडोमा राखी राम्ररी फिट्ने । तपाइले फिटेको पेस्ट चिकेन मा राम्ररी लागेको हुनुपर्छ ।राम्रो संग मसला लागिसके पछि एउटा भाडो मा ४ घण्टा जति त्यसै छोड्नुस ताकि चिकेनमा मसला भित्र सम्म पुगोस यसलाई मेरीनेंट भन्ने गरिन्छ । ४ घण्टा पछि चिकेन लाई पकाउन माइक्रो वेब अर्थात ओभनमा हाल्नुस वा आगोको भुंग्रो मा झिर उनेर आगोले नछुने गरि अर्थात आगो को रापमा पकाउनुस ।

    जब चिकेन को मसलाको मन्द बास्ना आउछ त्यसपछी तपाइले झिकेर चिकेन तन्दुरीको स्वाद घरमै बसेर लिन सक्नुहुन्छ । पैसाको पनि बचत समयको पनि बचत, अब रेस्टुरेन्टमा बस्नु पर्दैन कुरी कुरी घरमै बन्ने रहेछनित चिकेन तन्दुरी !

    – सेफ प्रदिप बहादुर घलेको टिप्स
    news24nepal

    2 comments:

    1. This comment has been removed by the author.

      ReplyDelete
    2. यो भन्दा झूर रेसिपी मैले आज सम्म कहिल्यै देखे, सुनेको थिएन| हामी नेपालीको लागि नभई नहुने हरियो खोर्सनिको पेष्ट, चिकेन नरम बनाउन चाहिने २/४ चम्चा तेल(जो गिरील गर्दा निस्की हाल्छा), र मुख्य कुरा हो अमिलो दहि जसले चिकेनको भित्रि भाग सम्म मसला मिलाउने काम गर्छ र कागतीको जुस त झन् छुटौनै हुन्न! तन्दूरिमा मगज र काजु हालेको कहिल्यै सुनेको छैन|

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र