एजेन्सी । हलीउडका चिरपरिचित अभिनेता चार्ली शीनले एक टेलीभिजन अन्र्तवार्तामा सनसनीपूर्ण खुलासा गरेर सबैलाई चकित पारेका छन् । आँफु एचआईभी पिडित हुँदाहुँदै पनि क्याबिनेटका सदस्य अर्थात मन्त्रीकी छोरीसँग पनि आँफुले संभोग गरेको रहस्य उनले खोल्न हिचकिचाएनन् ।
चार्ली शीनले आँफुलाई एचआईभी भएपनि सँगै सुत्ने यौन साथीलाई आँफु एचआईभी पिडित भएको कुरा लुकाउँदै आएको बताए । उनले गत वर्ष मात्रै आँफु एचआईभीबाट संक्रमित भएको रहस्य खुलाए पछि हलीउडमा तहल्का नै मच्चिएको थियो ।
यसैबिच उनका पूर्वप्रेमीकाहरुले आँफुहरुलाई धोका दिएर जबरजस्ती गरेको आरोप लगाएर केस गर्ने धम्की समेत उनलाई हिजोआज आउन थालेको उनले बताएका छन् ।
No comments:
Post a Comment