• Breaking News

    6.22.2016

    राजेशले सम्झिए आफ्नो बुवालाई- ‘मेरो बुवाको लास पनि कफिनमा आएको थियो’

    काठमाडौं,असार । महानायक राजेश हमालले अफगानिस्तानको काबुलमा आतंकवादी आक्रमणमा परी मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
    बुधबार अफगानिस्तानमा मारिएका नेपालीको शव विमानस्थल पुगेपछि आफन्तले पीडा पोख्दा खिचिएको फोटो देखाउँदै सामाजिक सञ्जालमार्फत राजेशले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् भने आफ्नो विगतलाई पनि सम्झिएका छन् ।
    उनले भनेका छन्- ‘१९९२ मा मेरो बुवाको लास पनि कफिनमा विदेशी भुमिबाट बाट ल्याइएको थियो । विदेशी भुमिमा आफन्त अचानक गुमाउनुको पीडा बुझ्छु ।’
    राजेशका पिता पाकिस्तानका राजदूत थिए । सरकारले खटाएको ठाउँमासेवा गर्दागर्दै उनको निधन भएको थियो ।
    हेर्नुस् राजेशको दुःखद स्टाटसः

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र