• Breaking News

    6.22.2016

    त्यहाँको रौँ नखौरेकै राम्रो

    इन्फेक्सनबाट जोगाउँछ
    धुलोका कण र ब्याक्टेरियाले यौनांगमार्फत शरीरभित्र पसेर शरीरमा इन्फेक्सन निम्त्क्याउन सक्छन् । गुप्तांग वरिपरिका रौँ खौरिनाले यस्ता धुलोका कण र ब्याक्टेरिया सजिलैसँग छिर्ने गर्छन् ।
    मुसा पलाउन सक्छ
    यौनांगमा पलाउने मुसाले निम्त्याउने मनोवैज्ञानिकलगायत कारणले यौन जीवनमै असर गर्न सक्छ । यौनांग वरिपरिका रौँ खौरिनाले यौनांगमा र वरिपरि मुसा पलाउने जोखिम बढ्छ ।
    चिलाउने, पोल्ने हुन्छ
    यौनांग वरिपरिका रौँ खौरिनाले चिलाउने, पोल्ने, रातो डाबर आउनेजस्ता समस्या उत्पन्न हुन्छ । यौनांग वरिपरिको भाग ओसिलो खालको हुन्छ, जहाँ रेजर लगाइरहने गर्नाले घातक ब्याक्टेरियाको संक्रमण हुने जोखिम उच्च रहन्छ ।
    शरीरको तापक्रप नियन्त्रित गर्छ
    यौनांग वरिपरिका रौँका जरामा एकखालको ग्रन्थी हुन्छ, जसले रौँमा तैलीय पदार्थ उत्पादन गरिदिन्छ । जब बाहिरको तापक्रम बढ्छ, तब यस्तो तैलीय पदार्थ बाफ बन्न जान्छ र छालाले शीतलता पाउँछ । यो सब क्रियाले शरीरको समग्र तापक्रम नियन्त्रित अवस्थामा राख्छ ।
    -स्वास्थ्य खबरपत्रिका बाट 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र