• Breaking News

    6.11.2016

    ठुलो मात्रामा घरेलु मदिरा बरामद


    सङ्खुवासभा, जेठ २९ गते । प्रहरीले खाँदबारी र मानेभञ्ज्याङबाट ठुलो मात्रामा अबैध रुपमा बिक्री गर्दै गरेको मदिरा बरामद गरेको छ । बजार क्षेत्रमा लाग्ने साप्ताहिक हाटमा मादक पदार्थको विक्रि वितरण अत्याधिक हुन थालिएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीहरुले मदिरा बरामद गरेको हो ।


    प्रहरीले मानेभञ्ज्याङ, खाँदबारी सनिबारे हाट, टुडीखेल लाईन, नयाँबजार, देवकोटा चोक लगायतका क्षेत्रबाट सयौँ ड्रम घरेलु मदिरा बरामद गरेको छ । अबैध रुपमा बिक्री वितरण गरिदै आएको मदिरालाई नियन्त्रण गरि कानुनी दायरामा ल्याउन कारबाहि शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डिएसपी गौतमकुमार केशीले बताउनुभयो । अबैध रुपमा मदिरा बिक्री वितरणले समाजमा अपराध र सामाजिक विकृति ल्याउने भएकोले नियन्त्रणको पहल सुरु गरेको डिएसपी केशीको भनाई छ । आफुहरुले एक हप्ताअघि बजार क्षेत्रमा जथाभावी मदिरा बिक्री वितरण नगर्न सुचना गरिएको डिएसपी केशीले बताउनुभयो ।

    यता मदिरा बिक्रीकर्ताहरुले भने कुनै जानकारी नै नदिई कारबाहि गरेको भन्दै आक्रोस ब्यक्त गरेका छन् । नियन्त्रणको नाममा सोझा सिधा जनतालाई सुझाब र सल्लाह दिएर मात्र कारवाही गर्नुपर्ने रिदम रेष्टुरेन्टका सञ्चालक चिरन राईले बताउनुभयो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र