• Breaking News

    6.11.2016

    गोली प्रहारबाट २० वर्षीया मीनाको मृत्यु, प्रेम सम्वन्ध बिग्रिएका कारण हत्या गरिएको हुन सक्ने आशंका


    जेठ २९, डोटीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक किशोरीको ज्यान गएको छ ।

    गोली प्रहारबाट डोटीको पचनाली गाविस ६ की २० वर्षीया मीना साँउदको ज्यान गएको हो ।



    अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर ढलेकी मिनालाई उपचारका लागि दिपायलस्थित सुजङ्ग अस्पतालमा लगिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिएका छन् । बिष्टका अनुसार हत्याराको खोजी कार्य जारी रहेको छ ।

    ‘प्रहरी उपरीक्षक बिष्टले सानो गोली भएको र गोलीको खोका पनि नभेटिएको बताउँदै गोली लागेको घाउ हेर्दा पेस्तौलले हानेको जस्तो देखिने तर एकिन भई नसकेको जनाएका छन् ।

    मृतकको पोष्टमार्टम हुन बाँकी रहेको र गोलीको खोका खोजी कार्य जारी रहेका जनाउँदै बिष्टले कुन हतियार प्रयोग गरिएको हो भन्ने कुरा गोलीको आकारबाट मात्रै जानकारी हुने वताएका छन् ।

    प्रहरी उपरीक्षक बिष्टले प्रारम्भिक अनुसन्धान अनुसार प्रेम सम्वन्ध बिग्रिएका कारण हत्या गरिएको हुन सक्ने देखिएको जनाएका छन् । उनले उक्त घटनाको अनुसन्धान भईरहेको र अहिलेने सवै कुरा भन्न सक्ने अवस्था नभएको तर प्रारम्भिक छानबिन गर्दा प्रेम सम्वन्ध बिग्रेका कारणनै घटना भएको जस्तो देखिएको बताए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र