३० जना प्रतिपस्पर्धी पछार्दै धरानकी प्रमु गुरुङले मिस एसएलसी २०१६ को ताज पहिरिन सफल भएकी छन् ।
मिस क्याटवक, मिस व्युटिफुल र मिस पर्सनालिटीको उपाधि समेत हात पारेकी गुरुङले विजेता गुरुङले नगद ३५ हजार, धरान उच्चको पूर्ण छात्रवृति, क्राउन, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । उनलाई मिस एसएसीकी गतबर्षकी विजेता एलिसा लिम्बु ले ताज पहिर्याकी थिइन् ।
धरान सभा गृहमा शनिबार सम्पन्न प्रतियोगितामा मुख्य निणायक मिस नेपाल इभाना मानन्धरले सोधेको ‘तपाई एसएलसी पछि नेपाल अध्ययन गर्दा कुन बिषयमा र विदेशमा अध्यय गर्दा कुन विषयमा अध्ययन गर्नुहन्छ ?’ भन्ने प्रश्नमा गुरुङको उत्तर थियो, ‘एसएसी पछि विदेश नजाने नेपालमै व्यवस्थापन बिषयमा अध्ययन गरेर बिजनेस उमन बन्दै नेपालमा रहेका महिला तथा बाल बालिकाहरुको लागी हेल्थ अर्गनाइजेसन खोली सेवा गर्छु ।’
प्रतियोगिताको फष्ट रनर अप आश्मा लिम्बूले ताज सगै नगद २५ हजार र विभिन्न उपहार हरु हात पारिन् भने सेकेण्ड रनरअप घोषितहुदै स्वेता दाहाल ताज नगद २० हजार र विभिन्न उपहार हात पारिन् । फस्ट र सेकेण्ड रनरअपले भने धरान उच्चमा ५० प्रतिशत छुटमा छात्रवृति प्राप्त गर्ने छन् ।
मिस डिसिप्लिन सुजता राई, मिस फ्रेण्डसिप अनुसा राई, मिस फोटोजेनिकमा एलिसा श्रेष्ठ र मिस ट्यालेन्टमा शिखा मोक्तान घोषित हुदै ट्रफी र प्रमाण पत्र हात पारे । विजेताहरुलाई बराह ज्वेलरीका मानबहादुर दियाली, आयोजक धरान जेसिज २०१६ का अध्यक्ष अतुलदीप श्रेष्ठ, निर्णायकहरु श्याम काब्रालगायतले पुरस्कार वितरण गरेका थिए । स्पर्धामा ३१ जना सहभागी थिए ।
No comments:
Post a Comment