• Breaking News

    6.22.2016

    चर्चित सूफि गायक साबरीको गोली हानी हत्या



    एजेन्सी, कराँची, असार ९
    चर्चित पाकिस्तानी सूफी कब्बाली गायक जोडी सबारी बर्दर्सका अमजद साबरीको गोली हानी हत्या गरिएको छ।
    कराँचीको लियाकताबाद सदबाट आफ्नो गाडीमा गइरहेका उनलाई दुई बन्दुकधारीले गोली हानी हत्या गरेका हुन्। गोली लागेपछि अस्पताल लगिदै गर्दा बाटैमा उनको निधन भएको थियो।

    अहमद केही दिन अघिमात्र आफ्नो अमेरिका र युरोप भ्रमण सकेर पाकिस्तान फर्किएका थिए। उनी भारत-पाकिस्तानसहित विश्वमा सूफि गायनका लागि चर्चित थिए।
    उनले गाएका 'भर दो झोली', तथा 'ताजदार-ए-हम' गीत अत्यन्तै चर्चित छन्। उनको 'भर दो झोली' सलमान खान अभिनित 'बजंरंगी भाइजान' फिल्ममा समेत प्रयोग भएको छ।
    उनको कसले र के कारणले हत्या गर्‍यो भन्ने बारेमा केहि पत्ता लागिसकेको छैन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र