धादिङ, २९ जेठ । विषालु सर्पको टोकाइबाट धादिङको उत्तरी क्षेत्र सल्यानटारमा एक जना शिक्षकको शुक्रबार राति मृत्यु भएको छ ।
सल्यानटार गाविस–४ बस्ने रामबहादुर रिजालको शुक्रबार राति मृत्यु भएको हो । प्रहरीका अनुसार उनी रानीपौवा उमावि सल्यानटारका शिक्षक पनि हुन् ।
पारिवारिक स्रोतअनुसार राति सुतिरहेको अवस्थामा एक्कासि सर्पले टोकेको हो ।
No comments:
Post a Comment