• Breaking News

    6.22.2016

    कोपा अमेरिकाको फाइनलमा फेरि अर्जेन्टिना र चिली भिड्ने



    असार ९, २०७३- चिली कोपा अमेरिका सेन्टेनारियाको फाइनलमा प्रवेश गरेको छ । अब आगमी सोमबार बिहान हुने फाइनल खेलमा चिलीले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

    यसअघिको संस्करणमा पनि चिली र अर्जेन्टिना नै उपाधिको लागि भिडेका थिए । पेनाल्टी सुटआउटमा चिलीले अर्जेन्टिनालाई हराएको थियो ।

    बिहीबार बिहान संयुक्त राज्य अमेरिकाको सिकागोस्थित सोल्जर फिल्डमा भएको सेमिफाइनल खेलमा चिलीले कोलम्बियालाई २-० ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

    चिलीका लागि चार्ल्स एरान्गुइजले सातौं मिनेटमा गोल गरेर टिमको लागि खाता खोलेका थिए ।

    यसैगरी ११ औं मिनेटमा जोसे पेड्रो फुइन्जालिडाले दोस्रो गोल गर्दै टिमको गोल अन्तरलाई दोब्बर बनाए ।

    खराब मौसमका कारण लामो समयसम्म रोकिएको खेलमा दोस्रो हाफमा दुबै पक्षबाट गो हुन सकेन ।

    खेलमा चार्ल्स म्यान अफ दि म्याच भए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र