• Breaking News

    6.10.2016

    खाडी मुलुक जानुअघि होसियार बन्नुस्, ५८ कम्पनी कालोसूचीमा दर्ता


     सरकारले नेपाली कामदारमाथि शोषण गरेको भन्दै खाडीमुलुक र मलेसियाका ५८ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ ।
    कामदारलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने र अलपत्र पार्ने काममा संलग्न रहेको पाइएपछि यी कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
    कालोसूचीमा परेका कम्पनीमा नेपालका म्यानपावर एजेन्सीले कामदार पठाउन पाउने छैनन् ।
    यी कम्पनीका लासग म्यानपावर एजेन्सीले मागपत्र ल्याए पनि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिँदैन ।
    कालो सूचीमा पर्नेमा साउदी अरेबिया, कतार, युएई र मलेसियाका कम्पनीहरु छन् ।
    कालोसूचीमा पर्नेमा सवैभन्दा बढी मलेसियाका ५२ कम्पनी छन् भने युएईको १, कतारका २ र साउदी अरेबियाका ३ कम्पनी छन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र