• Breaking News

    6.10.2016

    भारतविरुद्ध चीनले चाल्यो कडा कदम, भारतीय मिडियामा रुवाबासी!

     २७ जेठ । अमेरिका भ्रमण गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले न्युक्लियर सप्लायर्स ग्रुप (एनएसजी)मा अमेरिकाको समर्थन प्राप्त गरेपछि भारतीय मिडियाहरुले चीनलाई कडा जवाफ भएको टिप्पणी गरेका थिए ।
    तर, चीनले चालेको एउटा कदमले अहिले तीनै मिडियामा रुवाबासी चलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ हैकर्स एयरक्राफ्ट कैरियर आईएनएस विक्रान्त, आईएनएस विक्रमादित्यको जासुसी गरिरहेको खुलासा भएको छ ।
    यति मात्रै होइन् भारतीय जलसेनाका जंगी जहाजहरुबाट दक्षिण चीन सागरमा हुनगइरहेको परीक्षणको पनि जासुसी गरिरहेको छ ।
    चिनियाँ हैकर्सले भारतमा रहेका तिब्बती शरणार्थीमाथि पनि निगरानी राखेको छ । पछिल्लो दिनहरुमा एक चिनियाँ भाइरस एपीटी ३० ले देशका सैन्य तयारीसँग जोडिएका जानकारीहरुको जासुसी गरिरहेको तथ्य देशका खुफियाँ (जाँच) एजेन्सीहरुले पत्ता लगाएको थिए ।
    भारती खुफिया एजेन्सीहरुले चीनबाट भइरहेका यस्ता जासुसीको निगरानी गर्न थप प्रयास गरिरहेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र