• Breaking News

    6.09.2016

    यी हुन् नरेन्द्र मोदीले गरेका ११ ऐतिहासिक गल्तीे

    बिहीबार, २८ जेठ
    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला अमेरिका भ्रमण सकेर क्यानडामा रहेका छन् ।
    अमेरिका भ्रमणका क्रममा मोदीले कोणार्कमा रहेको सूर्यमन्दिर २ हजार वर्ष पुरानो भएको बताए जबकी यो मन्दिर मात्रै ७ सय वर्ष पुरानो हो । यसलगत्तै मोदीको सामाजिक सञ्चालमा मजाक उडाउन सुरु गरियो । तर मोदीले यस्ता गलत तथ्यसहित भाषण गरेको यो पहिलो पटक भने होइन ।
    उनले गरेका केही यस्ता गल्तीहरु यस्ता छन् ।
    १. नोभेम्बर २००३ मा एक र्यालीमा उनले महात्मा गान्धीको बारेमा चर्चा गर्दै उनलाई मोहन दास करम चन्द गान्धी भने । वास्तममै महात्मा गान्धीको नाम मोहन दास करम चन्द गान्धी नै हो तर महात्मा गान्धीलाई अत्यन्तै सम्मान गरिने भएका कारण उनको यस गल्तीमा मोदीको धेरै आलोचना भयो ।
    २. सन् २०१३ मा पटनाको बहुचर्चित र्यालीमा बिहार, सम्राट अशोक पाटलीपुत्र र नालन्दाको बारेमा चर्चा गरे । यतिमा मात्रै रोकिएनन् उनी उनले तक्षशीलाको समेत प्रशंसा गर्न भ्याए । तर तक्षशीला बिहारमा नभएर पञ्जाबमा पर्दथ्यो र अहिले पाकिस्तानमा पर्छ ।
    ३. जुलाई २००३ मा नरेन्द्र मोदीले अहमदावादमा स्वतन्त्रताको सयममा एक डलर बराबर एक रुपैया थियो भनेका थिए ।
    तर सन् १९४७ मा भारत स्वतन्त्र हुँदाका समयमा उत्तर प्रदेशको असफलताका बारेमा भन्दाभन्दै मोदीले यो भुलेको त्यसबेला एक रुपैयाको मूल्य ३० सेन्ट बराबर मात्रै थियो ।
    ४. अहमदावादमा अक्टोबर २००३ मा नरेन्द्र मोदीले अहमदाबाद नगरपालिकामा महिलालाई आरक्षणको प्रस्ताव सरदार वल्लभ भाई पटेलले १९१९ मा राखेको बताए । तर लामो समय गुजरातको मुख्यमन्त्री बनेका मोदीले वल्लभ भाई पटेलले यो प्रस्ताव राखेको १९२६ लाई बिर्सिए ।
    ५.फेबु्रअरी २०१४ मा नरेन्द्र मोदीले मेरठमा काँग्रेसले स्वतन्त्रताको पहिलो लडाईलाई कम आँकलन गरेको बताएका थिए । तर मेरठमा १८५७ मा क्रान्ति सुरु भएको थियो । मोदीले काँग्रेसको स्थापना नै १८८५ मा भएको कुरा थाहा पाएनन् । १८५७ मा त काँग्रेसको कुनै अतोपत्तो नै थिएन ।
    ६.नोभेम्बर २००३ मा बैंगलोरमा नरेन्द्र मोदीले १५ अगस्टको प्रधानमन्त्रीको भाषण लालढोकाबाट हुने बताए । तर यो भन्ने कुरा होइन कि प्रधानमन्त्रीले लालकिल्लाबाट भाषण दिन्छन् लालढोकाबाट होइन ।
    ७.२००३ मा मुम्बईमा नरेन्द्र मोदीले १९६० मा महाराष्ट्रमा २६ मुख्यमन्त्री भएको बताए । तर २००३ सम्म् पनि मात्र १७ नेताले २६ पटक मुख्यमन्त्रीको सपथ लिएका थिए ।
    ८.नरेन्द्र मोदीले एक भाषणका क्रममा भने, ‘जब म गुप्त साम्राज्यको बारेमा कुरा गर्छु तब चन्द्र गुप्तको याद आउँछ । तर मोदीले जुन चन्द्र गुप्त र उनको राजनीतिका बारेमा बताएका थिए उनी चाँही मौर्य वंशका थिए । गुप्त साम्राज्यमा चन्द्र गुप्त द्वितीय थिए । तर मोदीले उनको नाम नै लिएनन् ।
    ९. डिसेम्बर २०१३ मा नरेन्द्र मोदीले जम्मुमा एक ¥यालीका क्रममा मेजर सोमनाथ शर्माले महावीर चक्र र ब्रिगेडियर रजिन्दर सिंहले परमवीर चक्र प्राप्त गरेको बताएका थिए । तर सोमनाथले परमबीर चक्र र रजिन्दर सिंहले महावीर चक्र पाएका थिए ।
    १०. नोभेम्बर २०१३ मा खेडामा नरेन्द्र मोदीले श्यामजी कृष्ण बर्मा र श्यामा प्रसाद मुखर्जी एउटै भएको बताए । तर मोदीले गुजरातमा जन्मिएका र लण्डनमा इण्डिया हाउसको गठन गरेका र १९३० मा मृत्यु भएका भनेका श्यामा प्रसाद मुखर्जीको जन्म कोलकत्तामा भएको थियो र उनको मृत्यु १९५३ मा भएको थियो । उनले श्याम कृष्ण वर्मा भन्नु पर्नेमा श्यामा प्रसाद मुखर्जी भनेका थिए ।
    ११. पटनामा र्यालीका क्रममा मोदीले सिकन्दरका सेनाले पुरै संसार जितेका र जब बिहारीसँग निउ खोजेपछि हार भएको बताएका थिए । तर सिकन्दरका सेना कहिल्यै पनि बिहार आएर लडाई गरेका थिएन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र