• Breaking News

    6.18.2016

    बोत्तलको रक्सीसँगै सकियो तीनजनाको जीवन


     अत्यधिक मदिरा पिउँदा आइतबार बिहान महोत्तरीमा तीनजनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
    गएराति १० बजेसम्म सहसौला चोकमा अवस्थित विनोद महराको मदिरा पसलमा मदिरा पिएर घर गएका उनीहरुको आज बिहान २ बजेदेखि ४ बजेको बीचमा घरमै मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
    यसैबीच सोही मदिरा पिएर औरही गाविस–३ का बद्री मल्लिक र मदिरा पसले विनोद महरा पनि सिकिस्त बिरामी भएकामा मल्लिकको उपचार इलाका हेल्थ पोष्ट रामगोपालपुरमा भइरहेको छ भने महरालाई परिवारजनले उपचारका लागि जिल्ला बाहिर लगेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
    मृतकहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याउने तयारी भइरहेको छ भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र