काठमाडौं–मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ ।
समता विद्यालयबाट एसएलसी परिक्षमा ८ सय ७५ जना विद्यार्थी सहभागी भएकोमा ए प्लस ग्रेड १ सय ६ जना, ए गे्रड ४ सय ४३ जना, बि प्लस ग्रेड २ सय १६ जना, बि ग्रेड १ सय ३ जना र सी प्लस ७ जनाले ल्याएको समता काठमाडौंका प्रशासन प्रमुख अजय अधिकारी ‘सुशील’ले जानकारी दिए ।
समताबाट सिजन दाहालले सबैभन्दा बढी जीपीए ल्याएका छन् । उनले ३.९ ल्याएका हुन् ।
यो वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक कास्की, नवलपरासी र भैरव गरी ८ जिल्लाका समता विद्यालयका विद्यार्थीहरु सहभागी थिए । समता विद्यालयले ४२ वटा जिल्लामा शाखा विस्तार गरेर सबै ठाउँमा मासिक एक सय लिएर अध्ययन गराउने गर्दछ ।
SLC result of Samata 2073
Total 875
A+: 106
A : 443
B+: 216
B : 103
C+: 7
समता स्कुलको अहिलेसम्मको नतिजा
०५८ मा स्थापना भएको विद्यालय अहिले ४२ जिल्लामा रहेको छ । हाल विद्यालयमा सबै शाखामा गरेर ३० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । समता काठमाडौंमा स्नातोकोत्तरसम्म पढाइ हुन्छ । समता भक्तपुरमा प्लस टुसम्म हुन्छ भने अन्य जिल्लाहरुमा १० कक्षासम्म अध्ययन गराईन्छ ।
०७१ को एसएलसी परिक्षा विभिन्न १० जिल्लाबाट ७ सय ९ जना विद्यार्थीले सहभागी थिए जसमा ३ सय १ जना विशिष्ट श्रेणीमा, ४ सय २ जना प्रथम श्रेणीमा र ६ जना दोस्रो श्रेणीमा उत्र्तिण भए । गत वर्षको उत्कृष्ट विद्यार्थीले ९२ प्रतिशत ल्याएकी थिइन् ।
समताले पहिलो पटक ०६४ मा आफना ११ जना विद्यार्थीलाई एसएलसीमा सामेल गराएको थियो । २ जनाले विशिष्ट श्रेणी र ९ जनाले प्रथम श्रेणीमा उत्र्तिण गरेका थिए ।
०६५ मा पाँच जना विद्यार्थी सबैले विशिष्ट श्रेणी ल्याए ।
०६६ र ०६७ को परिक्षामा सामेल क्रमश २८ र ४६ जनाले सबैले विशिष्ट श्रेणीमै उत्र्तिण भए । ०६८ मा १ सय २३ विद्यार्थी मध्ये विशिष्ट श्रेणी ९९ र २४ जना प्रथम श्रेणीमा उत्र्तिण भएका थिए ।
०६८ सम्ममा काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकका विद्यालयहरुको सहभागिता थियो । ०६९ मा सात वटा जिल्लाका ३ सय १७ विद्यार्थी मध्ये विशिष्ट २ सय १ र १ सय १६ जनाले प्रथम श्रेणी ल्याए ।
०७० मा ५ सय ३३ विद्यार्थीले क्रमश २ सय, ३ सय १४ र १९ जनाले विशिष्ट, प्रथम र दोस्रो श्रेणीमा उत्र्तिणा भएका समता विद्यालयमा तथ्याङक छ ।
No comments:
Post a Comment