२८ जेठको साँझ छ बजे उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले प्रश्न गरिन्, ‘तपाईको देशका ठूला नेता हामीलाई किन सरकार गिराउन लागेको आरोप लगाउँछन् ? उनीहरु बसेर के के निर्णय गर्छन्, अनि हामीलाई दोष लगाउँछन् ।’
उनको आक्रोशमिश्रित प्रश्न यतिमा रोकिएन उनले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्धारित भारत भ्रमण किन रद्द भयो भन्ने प्रश्न पनि गरिन् । थापाले स्वराजलाई नेपालको आन्तरिक राजनीतिका कारण भ्रमण रद्द भएको र त्यो दुई पक्षीय विषय होइन भन्दै कन्भिन्स गर्न खोजे पनि स्वराज त्यसमा सहमत भइनन् ।
No comments:
Post a Comment