परवल गर्मीमआ पाइने एउटा उत्तम विकल्प हो । परवलको सबैभन्दा ठुलो खुबी लामो समयसम्म ताजा रहनु पनि हो ।
परवलमा भिटामिन ए, भिटामिन बी–१, भिटामिन बी–२, भिटामिन सी भरपुर मात्रामा पाइन्छ । यसका साथै यो क्याल्सियमको पनि राम्रो स्रोत हो । यसको बोक्रामा म्याग्निशियम, पोटाशियम, फस्फोरस पनि भरपुर मात्रामा हुने गर्दछ ।
परवल खाँदा हुने फाइदाहरु
–परवल छालासँग सम्बन्धित समस्याहरुमा विशेषगरी लाभदायी हुन्छ । परवलमा रहेको बिज कब्जियत र पाँचनसँग सम्बन्धित समस्याका लागि लाभदायी मानिन्छ । डायबिटिजका रोगीलाई परवल खाने सल्लाह दिने गरिन्छ ।
–परवलमा रहेको एन्टी–अक्सिडेन्ट बढ्दो उमेरका लक्षणलाई कम गर्न पनि सहयोगीसिद्ध हुने गर्दछ । यसले अनुहारको चाउरीपना हटाउनसमेत सहयोग गर्दछ ।
–परवलले इम्युन सिस्टमलाई राम्रो बनाउन पनि सहयोग गर्दछ । यो ज्वरो, रुघाखोकी, स्कीन इन्फेक्सन र चोट चाँडो भर्न पनि सहयोगी हुन्छ ।
–यदि तपाईको बालबच्चालाई भोक नलाग्ने समस्या छ भने परवलको तरकारी खुवाउनुस् । परवलको प्रयोगबाट पेटमा रहेका किराहरु पनि मर्ने गर्दछन् ।
–परवलमा परपुर मात्रामा डाइट्री फाइबर्स पाइन्छ । जुन पाचनतन्त्रलाई सही रुपमा राख्न सहयोगी सावित हुने गर्दछ ।
–परवलको लेपले पेनकिलरको जस्तो कामसमेत गर्दछ । एजेन्सी
No comments:
Post a Comment