• Breaking News

    5.23.2016

    विष सेवनबाट श्रीमतीको मृत्यु, श्रीमान् बिरामी

     सोमबार, जेठ १०, बैतडी / विष सेवनबाट बझाङमा आइतबार राति श्रीमतीको ज्यान गएको छ भने श्रीमान् बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार गडराय–८ घर्तीबाडाकी २३ वर्षीया तारादेवी सिंहको ज्यान गएको छ भने २४ वर्षीय श्रीमान् प्रभु सिंह बिरामी भएका छन् ।
    मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र