सोमबार, 28 भदौ,
भारतमा पछिल्लो समय स्वघोषित देवी अवतारको रुपमा चर्चामा आएकी ‘राधे माँ’ को विषयमा एक टिभी च्यानलको प्रत्यक्ष प्रशारण भइरहँदा झडप भएको छ ।
राधे माँ र उनीसँग जोडिएका विभिन्न मुद्धाबारे वहस भइरहँदा यस्तो दोहोरो कुटपीट भएको हो ।
हिन्दु महासभाका ओमजी महाराज र अर्की साधवी दिपा शर्माबिच वहस हुँदा उनीहरु दुवैजना बोल्न छोडेर आक्रमणमा उत्रिएका थिए ।
प्रत्यक्ष प्रशारणकै क्रममा ओमजी महाराजले राधे माँबारे बोलिरहँदा सुरुमा साधवी दिपा शर्माले आक्रमण गरेकी हुन् ।
वहसको क्रममा ओमजी महाराजले राधे माँको पक्षमा बिचार राखेका थिए भने दिपा शर्मा प्रतिपक्षी थिइन् । ओमजी महाराज बोलिरहँदा शिपा शर्मा एकाएक महाराज समक्ष पुगेर आक्रमण गरेकी थिइन् ।
शर्माले आक्रमण गरेपछि महाराज पनि उनीमाथि जाइलागेका थिए । प्रत्यक्ष उनीहरुबिच आक्रामक रुपमा दोहोरो कुटपीट भएको हो ।
टेलिभिजनको प्रत्यक्ष प्रशारणकै क्रममा यस्तो झडप भएपछि टेलिभिजन कर्मचारीहरुले नै उनीहरुलाई छुट्टाउनु परेको थियो ।
आफूलाई देवी अवतार भन्दै राधे माँको नाममा चर्चित बनेकी युवतिमाथि यसअघि पनि विभिन्न आरोप लाग्दैआएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होस :
No comments:
Post a Comment