काठमाडौं, भदौं २८/पार्टीको हृवीपको अवज्ञा गर्दै संविधानसभा बहिष्कार गरेका नेपाली कांग्रेसका पाँचै जना सभासद फर्किएका छन् ।
यसअघि सत्तारुढ नेपाली कांग्रेसको उक्त निर्णयलाई अटेर गर्दै ५ जना सभासदहरु बागी बनेका थिए । जसमा सर्लाहीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने अमरेशकुमार सिंह, बारा–१ बाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद रामअध्योध्या यादव, पर्सा–४ का सभासद सुरेन्द्र चौधरी, सप्तरी–५ का तेजुलाल चौधरी र धनुषा–१ का दिनेशप्रसाल परसैला यादव रहेका । तर अाज भने उनीहरू बैठकमा फर्किएका हुन् ।
जसमा नेपाली राजनीतिमा ‘अक्टोपस’ भनेर चिनिने अमरेश कुमार सिंह पहिलो पंक्तिमा देखिएका थिए । सर्लाहीबाट संविधानसभा सदस्यमा निर्वाचित अमरेशको भूमिकालाई राष्ट्रिय राजनीतिमा शंकास्पद रुपमा लिने गरिन्छ । यिनै अमरेश हुन जसले टीकापुर हत्याकाण्डमा भाला, खुकुरी लिएर लडने उक्साहट दिएका थिए ।
कांग्रेसभित्र र बाहिर पनि तीब्र आलोचित बन्न पुगेका उनलाई २ पटक स्पष्टीकरण सोधिएपनि कांग्रेसले संस्थागत रुपमा कारवाही अगाडि बढाउन सकेको छैनन् ।
यसैगरी कांग्रेसको संस्थागत निर्णयमा मधेशको मागलाई नसमेटिएको भन्दैं बाराबाट संविधानसभामा प्रतिनिधित्व गर्ने रामअयोध्या यादव पनि प्रक्रियाबाट बाहिरिएका थिए ।
‘हामी मधेशीभन्दा पहिले नेपाली हौं,’ उनले नेपालीपत्रसँग भने, ‘मधेशका उचित माग सम्बोधन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले कांग्रेस मधेशवादी दलहरुभन्दा मधेशको ठूलो शक्ति भएको बताउ“दैं मधेशलाई मधेशी दलहरु आफ्नो ठेक्का नठान्न आग्रह गरे ।
भिडियो हेर्न तल क्लिक गर्नु होस :
No comments:
Post a Comment